मुस्ताङ र म्याग्दीको सिमानामा पहिरोले पुरियो ट्रक

बेनी–जोमसोम सडक अन्तर्गत मुस्ताङ र म्याग्दीको सिमानामा पर्ने काभ्रेभिरमा आइतबार दिउँसो एउटा ट्रक पहिरोले पुरिएको छ । मुस्ताङको जोमसोममा सामान पुर्याएर म्याग्दीतर्फ फर्किँदै गरेको ग १ क ३४९२ नम्बरको ट्रक गुडिरहेको अवस्थामा खसेको पहिरोले पुरिएर पूर्णरुपमा क्षति भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।
प्रहरी निरीक्षक आशिष अधिकारीका अनुसार हिलोमा फसेको ट्रकका निकाल्ने प्रयास गर्दागर्दै माथिबाट खसेको पहिरोले पुरिएको थियो । चालक र सहचालक सकुशल छन् । यो ट्रक बेनीको न्यू मुक्तिनाथ हार्डवेयर एण्ड सप्लायर्सको हो । सडक माथिबाट खसेको पहिरोले ट्रकको पूरै भाग पुरिएर क्षतविक्षत भएको छ । प्रहरीका अनुसार ट्रक अझै पहिराले पुरिएकै अवस्थामा रहेको छ ।
केहीदिन अघि अन्नपूर्ण गाउँपालिका—३ म्याग्दीको रुप्से झरनामा दुई दिनसम्म एउटा स्कोर्पियो जीप फसेको थियो । पहिरोमा फसेको जिप तेस्रो दिनमा कालीगण्डकीमा खसेर बगाएको थियो । रुप्सेको सडक आइतबार खुलाइएको छ । भुरुङ–तातोपानीको नागढुङ्गामा कालीगण्डकीले सडक र तटबन्ध बगाएपछि अवरुद्ध छ । यसैगरी रघुगङ्गा गाउँपालिकाको चमेरेमा शनिबार राति खसेको पहिरो पन्छाएर सडक खुलाउने प्रयास जारी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वनवयुवराज हृदयन्द्रको टिप्पणीपछि विवादमा अभिनेत्री सुरक्षा
-
भारत र अमेरिकाबिच व्यापार सम्झौताको रूपरेखामा सहमति
-
भारत र साउदी अरबबिच अन्तरिक्ष, सञ्चार स्वास्थ्य लगायत क्षेत्रमा महत्त्वपूर्ण सम्झौता
-
वैदेशिक रोजगारी र पेटको समस्या
-
एनआरएनएको एकता महाधिवेशन ६ महिना पर सार्न परराष्ट्रको पत्राचार, सर्वोच्चमा मुद्दा दायर
-
टेस्लाको नाफा घटेपछि डज प्रमुखको जिम्मेवारी घटाउँदैछन् मस्क