शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

पेटभित्रै बच्चाको मृत्युपछि आमाको उद्धार

आइतबार, ०६ असार २०७८, २० : ०४
आइतबार, ०६ असार २०७८

हुम्लाको सिमकोट गाउँपालिका- ६ निवासी एक महिलाको प्रसव व्यथा लागेर समयमै उद्धार हुन नसक्दा पेटभित्रै बच्चाको मृत्यु भएपछि आइतबार आमाको उद्धार गरिएको छ । 

सत्ताईस वर्षीय जगतमाया रोकायालाई असार एक गतेबाट प्रसव व्यथा लागेको भए पनि प्रतिकूल मौसमका कारण हवाइ मार्गबाट उद्धार हुन नसक्दा बच्चाको पेटभित्रै मृत्य भएको थियो ।

आज मौसममा सुधार आएपछि उद्धार गरेर सुर्खेत लगिएको प्रमुख जिल्ला अधिकारी गणेश आर्चायले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप