ललितपुरमा २२६ पत्रकारले लगाए भेरोसेल खोप
आइतबार, ०६ असार २०७८, १९ : ४०

चीनबाट अनुदानमा प्राप्त भएको कोभिड–१९ विरुद्धको भेरोसेल खोप आज नेपाल पत्रकार महासङ्घ ललितपुर शाखाबाट २२६ पत्रकारले लगाएका छन् । फ्रन्ट लाइनमा खटिने पत्रकारको स्वास्थ्यलाई ध्यानमा राखी उक्त कार्यक्रम अघि बढाइएको हो ।
ललितपुर शाखामा सदस्य रहेका कूल ४७३ पत्रकारमध्ये २२६ ले पहिलो डोजको भेरोसेल खोप लगाएका ललितपुर शाखाका अध्यक्ष सागर न्यौपाने जानकारी दिए । उनले भने, “१८३ पुरुष र ४३ महिला पत्रकारले खोप लगाउनुभयो । दोस्रो डोजको खोप भने चार हप्तापछि लगाइने वातावरण मिलाउने छौँ ।” ललितपुर शाखामा आबद्ध कूल सङ्ख्यामा बाँकी २४७ ले भने कोभिड सिल्ड खोप लगाइसकेको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अछाम आगलागी पीडितलाई प्रदेश सरकारको ५० लाख सहयोग
-
बाराबाट २ किलो भन्दा बढी अफिमसहित एकजना पक्राउ
-
‘पिताम्बर’ र ‘कर्माले कति पायो शोज ?
-
चीनको एक नर्सिङ होममा भीषण आगलागी, २० जनाको मृत्यु
-
अमेरिकाले ९ लाख आप्रवासीको अनुमतिपत्र रद्द गर्यो, तुरुन्तै देश छोड्न आदेश
-
तीनकुनेको प्रदर्शनमा अवाञ्छित गतिविधि गरेको आरोपमा कमल विष्ट पक्राउ