बाख्रा गोठबाट अवैध हातहतियार बरामद
आइतबार, ०६ असार २०७८, १८ : १९
प्रहरीले कपिलवस्तुको कृष्णनगर नगरपालिकास्थित एक बाख्रा गोठबाट हातहतियार बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार कृष्णनगर नगरपालिका–८ लोहरौला बस्ने अस्लम मुसलमानको बाख्राको गोठबाट दुई थान बाह्रबोर बन्दुक, पाँच थान जङ्गी राउन्ड गोली, ११ थान बाह्रबोर बन्दुकको पड्किएको खोका, तीनसय ग्राम बारुद जस्तो देखिने कालो धुलो, ५७ वटा छर्रा र जनावरलाई पासो लगाउन प्रयोग गरिने तीनवटा जाल बरामद गरिएको हो । हतियार बरामद भएलगत्तै घरधनी मुसलमान भने फरार भएका छन् ।
हातहतियार लुकाएको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बहादुरगञ्ज र इलाका प्रहरी कार्यालय गणेशपुरबाट खटिएको प्रहरीले गोठ तलासी गर्दा हातहतियार बरामद भएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इमाडोलको आगलागी नियन्त्रणमा
-
ललितपुरको इमाडोलस्थित एक पसलमा आगलागी
-
नेपाललाई सुशासन, विकास र समृद्धिको बाटोमा डोर्याउन अग्रसर हुनुपर्छ : राष्ट्रपति पौडेल
-
०८२ सालमै पार्टीको अधिवेशन हुनुपर्छ : नेता कोइराला
-
जनतासँग माओवादी अभियानले जनतालाई अजयशक्ति प्रदान गर्नेछ : प्रचण्ड
-
आमसञ्चार परिषद् विधेयक प्रतिनिधि सभाबाट सर्वसहमतिले स्वीकृत