शुक्रबार, ०४ माघ २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

नेप्सेमा पहिरो, एकैदिन ६३.२८ अंकको गिरावट, सबै समूह ऋणात्मक

आइतबार, ०६ असार २०७८, १५ : ५७
आइतबार, ०६ असार २०७८

आइतबार नेप्से परिसूचकमा उच्च अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्जका (नेप्से) का अनुसार आज साताको पहिलो कारोबार दिन नेप्से परिसूचकमा अधिकतम ६३.२८ अंंकको गिरावट आई २९०५.१४ विन्दुमा झरेको हो ।

यस दिन ‘क’ वर्गका ठूला कम्पनीहरुको सेन्सेटिभ इन्डेक्स समेत अधिकतम १२.६१ अंकले घटेर ५२८.५१ विन्दुमा झरेको छ ।

आज कुल २३१ कम्पनीका २ करोड ७३ लाख ४४ हजार ५११ कित्ता सेयर १ लाख २८ हजार २८१ पटक किनबेच हुँदा अधिकतम ११ अर्ब ८१ करोड ९४ लाख २८ हजार २८९ रुपैयाँको कारोबार भएको छ ।

तिब्र गिरावटका बीच आज सबै समूहहरु ऋणात्मक रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप