८.५ प्रतिशतले बढ्यो सरकारको खर्च

चालू आर्थिक वर्षको १० महिना (साउनदेखि वैशाखसम्म) मा संघीय सरकारको खर्च ८.५ प्रतिशतले बढेको अर्थ मन्त्रालयले बताएको छ । आइतबार संघीय सरकारको १० महिनाको खर्च तथा आम्दानीको तथ्याङ्क अर्थ बुलेटिन सार्वजनिक गर्दै मन्त्रालयले यस्तो बताएको हो ।
मन्त्रालयका अनुसार चालू आर्थिक वर्षको १० महिनामा सरकारको खर्च गत वर्षभन्दा ८.५ प्रतिशतले बढेर ८ खर्ब २४ अर्ब ८१ करोड पुगेको छ । जबकि गत वर्ष सोही अवधिमा जम्मा ७ खर्ब ६० अर्ब ४८ करोड बराबरको मात्र खर्च भएको मन्त्रालयद्धारा जारी बुलेटिनमा बताइएको छ ।
यस्तो खर्च चालूतर्फ ६ खर्ब ३० अर्ब २० करोड र पुँजीगततर्फ एक खर्ब २५ अर्ब ८८ करोड भएको मन्त्रालयको भनाई छ । यता, वित्तीय व्यवस्थापन तर्फ सरकारले सोही समयमा कुल ६८ अर्ब ७२ करोड खर्च गरेको जनाएको छ ।
मन्त्रालयकाअनुसार समीक्षा अवधिमा संघीय सरकारको खर्च चालू तर्फ र पुँजीगत तर्फ क्रमशः १०.२ प्रतिशत र १०.२ प्रतिशतले बढेको र वित्तीय व्यवस्थापनतर्फ भने यसपटक ७.४ प्रतिशतले घटेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘अभिमन्यु’को मुख्य कलाकारमा कामेश्वर पनि
-
विज्ञापन बोर्डको अध्यक्षका लागि आवेदन आह्वान
-
नेकपा एमाले विराटनगर नगरकमिटीको अध्यक्षमा गिरी निर्वाचित
-
इंग्ल्याण्डका नागरिक कैलालीमा मृत फेला
-
डोटीमा सिकार खेल्ने क्रममा गोली लाग्दा एक युवकको मृत्यु
-
सरकारले अस्पताललाई भुक्तानी दिन सकेन, स्वास्थ्य बिमा गर्नेलाई समस्या