शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

विपक्षी गठबन्धनद्वारा लुम्बिनी प्रदेश सभा बैठक बहिस्कार

आइतबार, ०६ असार २०७८, १५ : ०६
आइतबार, ०६ असार २०७८

लुम्बिनी प्रदेश सभाको आइतबार बसेको बैठक विपक्षी गठबन्धनले बहिस्कार गरेको छ।   अल्पमत  परेको सरकारले ल्याएको  बजेट पास हुन नदिने भन्दै विपक्षी गठबन्धनमा आवद्ध दलहरुले  बैठक बहिस्कार गरेका हुन् ।

 असार १ गते लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०७८/०७९ को बजेट प्रस्तुत गरेको थियो  । तर, आज  बैठक सुरु हुनासाथ विपक्षी दल नेपाली काँग्रेसका वीरेन्द्र कनौडियाले  सरकार अल्पमतमा परेको भन्दै त्यस्तो सरकारले ल्याएको बजेट पास हुन नदिने बताए । त्यसपछि काँग्रेस, माओवादी र जसपा  सांसदहरु बैठकबाट हिँडेका थिए । 

 आय व्ययको छलफल भएपछि आजै विनियोजन विधेयक पेश हुने कार्यसूची रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप