युनाइटेड फाइनान्सलाई प्राप्ति गर्ने प्रस्ताव पारित गर्दै नबिल बैंकको विशेष साधारण सभा सम्पन्न
काठमाडौं । नबिल बैंकले आज सम्पन्न विशेष साधारण सभामा युनाइटेड फाइनान्सलाई एक्विजेशन (प्राप्ति)गर्ने सम्बन्धी प्रस्ताव पारित गरेको छ ।
युनाइटेड फाइनान्सको सम्पत्ति र दायित्वको मूल्यांकन प्रतिवेदन तथा अन्य सम्वद्ध व्यवस्थाको आधारमा निर्धारण गरिएको सेयर मुल्य अनुपात १००ः३५ लाई उक्त विशेष साधारणसभाले स्वीकृति प्रदान गरेको छ । जसअनुसार युनाइटेड फाइनान्सका सेयरधनीहरूले युनाइटेड फाइनान्सको १०० कित्ता बराबर नबिल बैंकको ३५ कित्ता सेयर प्राप्त गर्नेछन् ।
युनाइटेड फाइनान्सलाई प्राप्ति गरे पश्चात नबिल बैंकको चुक्ता पुजी १३ अर्व ८४ करोड पुग्नेछ भने कुल पुँजीकोष ३२ अर्ब ६८ करोड हुनेछ । साथै, नबिल बैंकको शाखा सञ्जाल बृद्धि भई १४७ हुनेछ भने एटीएम संख्या भने १८९ हुनेछ ।
चैत्र मसान्तको वित्तीय विवरण अनुसार निक्षेपको आकार २१६ अर्ब हुनेछ भने कर्जाको आकार २०१ अर्ब हुने बैंकले जनाएको छ । यसले गर्दा नबिल बैंकको कर्जा एवं निक्षेप दुबैको आकार २ खर्ब माथि हुने बैंकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिविको ६७ औँ वार्षिकोत्सव : दीर्घसेवा पदक वितरण
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण