शनिबार, २२ असार २०८१
ताजा लोकप्रिय

युनाइटेड फाइनान्सलाई प्राप्ति गर्ने प्रस्ताव पारित गर्दै नबिल बैंकको विशेष साधारण सभा सम्पन्न

आइतबार, ०६ असार २०७८, १० : ५४
आइतबार, ०६ असार २०७८

काठमाडौं । नबिल बैंकले आज सम्पन्न विशेष साधारण सभामा युनाइटेड फाइनान्सलाई एक्विजेशन (प्राप्ति)गर्ने सम्बन्धी प्रस्ताव पारित गरेको छ । 

युनाइटेड फाइनान्सको सम्पत्ति र दायित्वको मूल्यांकन प्रतिवेदन तथा अन्य सम्वद्ध व्यवस्थाको आधारमा निर्धारण गरिएको सेयर मुल्य अनुपात १००ः३५ लाई उक्त विशेष साधारणसभाले स्वीकृति प्रदान गरेको छ । जसअनुसार युनाइटेड फाइनान्सका सेयरधनीहरूले युनाइटेड फाइनान्सको १०० कित्ता बराबर नबिल बैंकको ३५ कित्ता सेयर प्राप्त गर्नेछन् ।

युनाइटेड फाइनान्सलाई प्राप्ति गरे पश्चात नबिल बैंकको चुक्ता पुजी १३ अर्व ८४ करोड पुग्नेछ भने कुल पुँजीकोष ३२ अर्ब ६८ करोड हुनेछ । साथै, नबिल बैंकको शाखा सञ्जाल बृद्धि भई १४७ हुनेछ भने एटीएम संख्या भने १८९ हुनेछ ।

चैत्र मसान्तको वित्तीय विवरण अनुसार निक्षेपको आकार २१६ अर्ब हुनेछ भने कर्जाको आकार २०१ अर्ब हुने बैंकले जनाएको छ । यसले गर्दा नबिल बैंकको कर्जा एवं निक्षेप दुबैको आकार २ खर्ब माथि हुने बैंकले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप