इरानको नयाँ राष्ट्रपतिमा रायसी निर्वाचित

इरानमा नयाँ राष्ट्रपतिको निर्वाचनमा इब्राहिम रायसीले जित हासिल गरेका छन् । रायसी ६२ प्रतिशत मतसहित इरानको १३ औं राष्ट्रपतिमा निर्वाचित भएका हुन् । उनी कट्टरपन्थी विचारधाराको पक्षपाती हुन् । ९० प्रतिशत मतगणना हुँदै आफ्नो जीत सुनिश्चित भएपछि रायसीले देशका सम्पूर्ण नागरिकहरुलई धन्यवाद दिएका थिए ।
विजयीलगत्तै राइसीले वर्तमान राष्ट्रपति हसन रुहानीसँग भेट गरेका थिए । राष्ट्रपति रुहानीसँगै मिडियामा देखिएका उनले आफ्नो नेतृत्वको सरकारले जनताको भलाइका लागि काम गर्न हर प्रयास गर्ने बताएका छन् । रायसीले अगष्टमा राष्ट्रपतिको शपथ लिनेछन् ।
उनको विजयले इरानको आन्तारिक राजनीति र विदेश मामिलामा समेत प्रभाव पर्न सक्ने विश्लेषण भैरहेका छन् । यद्यपि, इरानको राजनीति प्रणालीमा राष्ट्र र राष्ट्रियता सम्बन्धि सबै मुद्दाहरूको अन्तिम निर्णय गर्ने अधिकार भने सर्वोच्च नेता आयातुल्ला अली खमेनीसँग हुन्छ । रायसीलाई खमेनीको उत्तराधिकारीको रुपमा हेर्ने गरिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संस्थागत विद्यालय शिक्षक युनियनका अध्यक्ष र शिक्षा समिति सभापतिबीच चर्काचर्की
-
बुटवलमा श्रमिकलाई नगदसहित सम्मान
-
यथार्थ धरातलमा टेकेर प्रदेशले बजेट ल्याउँछ : मुख्यमन्त्री आचार्य
-
आरआर क्याम्पसमा सहमतिमा स्ववियु गठन
-
रेशम पक्राउपछि महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीले भन्यो - सर्वसत्तावादी हैकमवादको खुलेर विरोध गरौँ
-
विदेश पठाइदिन नसकेपछि पैसा लिने एजेन्टको अपहरण, नाबालकसहित चार जना पक्राउ