रुसमा जहाज दुर्घटना, ९ जनाको मृत्यु
शनिबार, ०५ असार २०७८, २३ : १८

रुसको दक्षिण पश्चिमी क्षेत्र सिबेरियामा भएको जहाज दुर्घटनामा परी ९ जनाको ज्यान गएको बताइएको छ । प्राप्त समाचारअनुसार रुसको दक्षिण पश्चिमी क्षेत्रमा सो जहाज अवतरणका क्रममा दुर्घटनामा परेको बताइएको छ । त्यसक्रममा जहाज धस्सिएर दुर्घटनाग्रस्त भएको थियो ।
दुर्घटनामा परेर दुई जना चालक दलका सदस्य र अरु सात जना यात्रु गरेर ९ जनाको ज्यान गएको बताइएको छ । सो जहाज अवतरणका क्रममा दुर्घटनामा परेको थियो । त्यस जहाजमा १७ जना रहेका र संकटकालीन रुपमा अवतरण गर्ने क्रममा ९ जनाको ज्यान गएको रुसी समाचार समिति तासले जनाएको छ ।
सो जहाज राम्रै अवस्थामा रहेको र शनिबार मात्र पनि अरु तीन ओटा उडान गरेको बताइएको छ । तर चौथो पटकको उडानका क्रममा जहाजमा खराबी देखिएपछि आकस्मिक अवतरण गराइएको बताइएको छ । –सिन्ह्वा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल पत्रकार महासंघ गोरखाको अध्यक्षमा ढकाल सर्वसम्मत
-
बुटवलको जितगढी किल्लालाई विश्वसम्पदा सूचीकृत गर्न पहल गनुपर्छ – मुख्यमन्त्री आचार्य
-
प्रहरीकै परीक्षामा नक्कली परीक्षार्थी, युवती पक्राउ
-
अन्तर्राष्ट्रिय व्यापारमा देखियो सुधार, नौ महिनामा ६५ प्रतिशत वृद्धि
-
बुटवलमा गोली प्रहारबाट घाइते युवतीको चितवनमा उपचार हुँदै
-
नेपाल बार एशोसिएशनद्धारा प्रधानन्यायाधीशको ध्यानाकर्षण