आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

कर्णालीमा संक्रमण हुनेभन्दा डिस्चार्ज हुनेको संख्या दोब्बर

शनिबार, ०५ असार २०७८, २१ : ०९
शनिबार, ०५ असार २०७८

कर्णाली प्रदेशमा कारोना भाइरस (कोभिड–१९)को संक्रमण दर निरन्तर ओरालो लाग्दो छ । दैनिक तथ्याङ्क अनुसार संक्रमण हुने भन्दा डिस्चार्ज हुनेको संख्या दोब्बर देखिएको हो । पछिल्लो २४ घण्टाको अवधिमा प्रदेशभर जम्मा ९१ जनामा कोरोना भाइरसको संक्रमणको पुष्टि भएको छ भने १८४ जनाले कोरोनालाई जितेर डिस्चार्ज भएका छन् । १३८ जनामा गरिएको आरटी–पीसिआर परीक्षणबाट ५१ जना र १५३ जनामा गरिएको एन्टिजेन विधिबाटको परीक्षणमा ४० जनामा कोरोना संक्रममण देखिएको स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ ।

यस्तै २४ घण्टाको अवधिमा १ जनाको मृत्यु भएको छ । यो सँगै कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या १९७ पुगेको छ भने सक्रिय संक्रमितको संख्या २१८८ मा झरेको स्वास्थ्य सेवा निर्देशनालयका निर्देशक डाक्टर रविन खड्काले बताए । प्रदेशमा कोरोना संक्रमणको दर ओरालो लागे पनि जोखिम भने उच्च रहेको चिकित्सकहरुले बताउने गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप