शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

महन्थ ठाकुरले जालसाजी गरेको उपेन्द्र यादव पक्षको आरोप

शनिबार, ०५ असार २०७८, १९ : ४४
शनिबार, ०५ असार २०७८

जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले दलको विवरण परिवर्तन गरेको प्रति अर्का अध्यक्ष उपेन्द्र यादवले आपत्ति जनाएका छन् । जसपा नेपाल उपेन्द्र यादव पक्षका प्रचार विभाग प्रमुखले डम्बर खतिवडाले शनिवार एक विज्ञप्ति जारी गरी अध्यक्ष ठाकुरले जालजासी काम गरेको आरोप लगाएका हुन् ।

गत पुस ७ गते बसेको केन्द्रीय कार्यकारिणी समितिका सम्पूर्ण निर्णयहरु सोही दिन अध्यक्षद्वय उपेन्द्र यादव र महन्थ ठाकुरको संयुक्त हस्ताक्षरद्वारा सार्वजनिक गरिएको थियो । उक्त निर्णय कार्यकारिणी सदस्यहरु, केन्द्रीय सदस्यहरु, केन्द्रीय परिषद् सदस्यहरु, प्रदेश समिति, जिल्ला समिति लगायत सम्पूर्ण भातृ संगठनहरुलाई संयुक्त हस्ताक्षरद्वारा निर्णयको रुपमा परिपत्र समेत जारी गरिएको छ । तर त्यसमा केन्द्रीय कार्यकारिणी हेरफेर तथा पुनर्गठन गर्ने अधिकार महन्थ ठाकुरलाई दिने निर्णय कतै उल्लेख नभएको यादव पक्षको भनाइ छ ।

यसरी हुँदै नभएको निर्णयलाई निर्णय भएको भनि असार १ गते झुठा विवरण लेखेर कीर्ते, जालजासी गरी निर्णय भएको भन्दै महन्थ ठाकुरले निर्वाचन आयोगमा पत्र दर्ता गराएको खतिवडाद्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख छ । निर्वाचन आयोग, पार्टीपंक्ति र आमजनतालाई गुमराह गर्ने उद्देश्यले यस्ता नक्कली बैठक पुस्तिका तयार गरी गरिएको कार्य अनैतिक, गैरकानुनी तथा दण्डनीय कार्य रहेको उल्लेख गर्दै खतिवडाले सो कार्यप्रति खेद प्रकट गरेका छन् ।

अध्यक्ष ठाकुरले असार १ गते जसपा नेपालको केन्द्रीय कार्यकारिणी समिति हेरफेर तथा पुनर्गठन भएको जानकारी आयोगलाई गराएका थिए । अध्यक्ष ठाकुरले उपेन्द्र यादव पक्षका २० जनालाई हटाएर आफ्नो पक्ष २० जना थपेका छन् । जसपाको कार्यकारिणी समितिमा आफ्नो बहुमत नभएपछि अध्यक्ष ठाकुरले २० जनालाई हटाएर आफ्ना पक्षका २० जना थपेका हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप