बुधबार, ०३ पुस २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

अरनिको राजमार्ग खुलाउन सभामुख र भौतिक पूर्वाधारमन्त्रीबीच छलफल

शनिबार, ०५ असार २०७८, १८ : ०३
शनिबार, ०५ असार २०७८

सभामुख अग्निप्रसाद सापकोटाले अरनिको राजमार्ग सुचारु गर्ने सम्बन्धमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त कुमार नेम्बाङसँग छलफल गरेका छन् । तातोपानी–कोदारी क्षेत्रमा बाढी कटानबाट भइरहेको क्षति न्युनिकरण एवं जोखिममा परेका स्थानीको सुरक्षित स्थानान्तरणका विषयमा छलफल गरेको सभामुख सापकोटाका प्रेस सल्लाहाकार श्रीधर न्यौपानेले जनाएका छन् । 

गएरातिको अविरल बर्षाले सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकास्थित तातोपानी–कोदारी क्षेत्रमा अरनिको राजमार्ग र लिपिङ पुलमा क्षति पुर्याएपछि सभामुख सापकोटाले  यस विषयमा मन्त्री नेम्बाङमार्फत सरकारको ध्यानाकर्षण गराएका हुन् । 

उनले जोखिममा परेका स्थानीको उद्धार, सुरक्षित बसोबास एवं बन्द सडक तत्काल सञ्चालनमा ल्याउन ध्यानाकर्षण गराएका छन् । 
सभामुख सापकोटा र मन्त्री नेम्बाङबीचको सम्वादपछि आजै सडक विभागका महानिर्देशक अर्जुनजंग थापासहितको टोलीले कटान क्षेत्रको स्थलगत अवलोकन गरेको छ । महानिर्देशक थापाले केही दिनभित्रै बन्द सडक सुचारु गरिने बताएका छन् । 
भोटेकोशीको कटानले लिपिङ पुलमा क्षति पुगेको र अरनिको राजमार्ग अन्तरगतको सडक ठाउँ ठाउँमा भासिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप