गण्डकी : ७९१ जना कोरोना संक्रमणमुक्त, ५ को मृत्यु
गण्डकी प्रदेशमा कोरोना भाइरसको संक्रमणबाट थप ५ जनाको मृत्यु भएको छ । प्रदेशमा पछिल्लो २४ घण्टामा विभिन्न अस्पतालमा उपचाररत ५ जनाको मृत्यु भएको हो । गण्डकी प्रदेशका विभिन्न जिल्लामा ५ जना कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशक डा.विनोदविन्दु शर्माले जनाकारी दिए ।
उनका अनुसार कास्कीमा १, स्याङजा १, म्याग्दी १, बाग्लुङ १ र तनहुँ १ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ८८१ पुगेको छ ।
त्यसैगरी गण्डकी प्रदेशमा थप ३४६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।पछिल्लो २४ घण्टामा १ हजार १२६ जनाको नमुना परिक्षण गरिएकामा ३४६ जनामा संक्रमण देखिएको हो ।
संक्रमित मध्ये १७६ पुरुष र १७० जना महिला रहेको प्रदेश स्वाथ्य निर्देशनालय गण्डकीले जनाएको छ।
निर्देशनालयका अनुसार नयाँ संक्रमितहरुमा कास्कीका १२०, म्याग्दीका ११ जना, पर्वतका ८ जना, लमजुङका २२, तनहुँका ८८ जना, बाग्लुङका २५, स्याङ्जाका ४० जना र नवलपुरका ३२ जनामा कोरोना संक्रमण देखिएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५२ हजार २९८ पुगेको छ । प्रदेशमा पछिल्लो २४ घण्टामा ७९१ जना जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै गण्डकीमा हालसम्म संक्रमणमुक्त हुनेहरुको संख्या ४७ हजार २१६ पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चितनको माडीमा १२ सय परिवार गरिब
-
रुसका रासायनिक सुरक्षा बल प्रमुखको हत्या आरोपमा उज्बेकिस्तानी युवक पक्राउ
-
विदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण कार्य सुधारका लागि प्रतिवेदनमाथि छलफल
-
१२ बजे, १२ समाचार : नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौतादेखि दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेशसम्म
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या