शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

डेनमार्क र आयरल्याण्डबाट स्वास्थ्य सामग्री प्रदान

शनिबार, ०५ असार २०७८, १५ : २५
शनिबार, ०५ असार २०७८

डेनमार्क र आयरल्याण्डले नेपाललाई विभिन्न स्वास्थ्य सामग्रीहरु प्रदान गरेको छ । युरोपियन युनियन (ईयु) सदस्य राष्ट्रहरुले उसको नागरिक सुरक्षा संयन्त्रमार्फत कोभिडको भयानक दोस्रो लहरविरुद्ध लड्न डेनमार्क र आयरल्याण्डले नेपाललाई सहयोग पु¥याउन उक्त सामग्री उपलब्ध गराएका हुन् ।

डेनमार्कले प्रदान गरिएका स्वास्थ्य सामग्रीहरुमा २६ वटा भेन्टिलेटर, ५० वटा नासल अक्सिजन क्यानल्स्, ९६ हजार फेस् शिल्ड्, ९२ हजार गाउन र ९२ हजार एफ्एफ्पीटुमास्क रहेको छन् । ती सामग्रीहरु यही असार ३ गते पहिलो चरणमा  ल्याइएको थियो भने बाँकी सामग्री आजै नेपाल ल्याइँदैछ । यस्तै आयरल्याण्डले पनि ७२ वटा अक्सिजन कन्सन्ट्रेटर, १२ वटा बिपिएपी एयर फ्लो मेसिन, ४४ वटा भेन्टिलेटर, ४०० वटा पल्स् अक्सिमिटर, ५० वटा रेस्पिरेटरी मोनिटर, ५० वटा डिफिब्रिलेटर, १०० वटा थर्मामिटर, ७२८ वटा अक्सिजन रेगुलेटर, ३९८ एयर रेगुलेटर, दुई लाख एक हजार ६०० वटा फेस् शिल्ड् र १० लाख आठ हजार सर्जिकल मास्क उपलब्ध गराएको छ । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित एक समारोहकाबीच स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङलाई ईयुकी राजदूत नोना डेप्रे र नेपालका लागि डेनमार्कका महावाणिज्यदूत हरि धरेलले हस्तान्तरण गरेका थिए। यो सहयोग नेपाल सरकारबाट सहयोगका लागि पछिल्लो पटक आह्वान भएपछि प्रदान गरिएको हो । सो अवसरमा मन्त्री तामाङले कोभिड १९ विरुद्ध लड्दै गरेको नेपाललाई एक्यवद्धतास्वरुप आवश्यक स्वास्थ्य सामग्री सहयोग गर्नु हुने इयुका सदस्य राष्ट्रहरुप्रति नेपाल सरकारको तर्फबाट धन्यवाद व्यक्त गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप