शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

बागमती सफाइ महाअभियान ४२३औँ हप्तामा

शनिबार, ०५ असार २०७८, १५ : ०३
शनिबार, ०५ असार २०७८

पशुपति र शङ्खमूल क्षेत्रको वाग्मती किनारमा भौतिक दूरी कायम गरी स्वास्थ्य सुरक्षाका विधि अपनाएर सफाइ महाअभियानलाई निरन्तरता दिइएको छ । 

वाग्मती सफाइ महाअभियानको ४२३औँ हप्तामा पशुपति क्षेत्रको नदी किनारमा भएको सफाइमा छ अभियानकर्मीले सफाइ गरेको अधिकारसम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका सञ्चालक सदस्य डा माला खरेलको भनाइ छ ।

    पशुपति क्षेत्रको सफाइमा अधिकारसम्पन्न वाग्मती समितिका अध्यक्ष उद्धवप्रसाद तिमल्सिना, काठमाडौँ महानगरपालिका–९ का सदस्य टेकराज अधिकारी, अभियानकर्मी केशवप्रसाद पुडासैनी, चक्रबहादुर चन्द, दुर्गा रावल र समितिका सञ्चालक सदस्य खरेलको सक्रियता थियो । 

यसैबीच पशुपति क्षेत्रमा कोरोनाबाट निधन भएका लगायतको दाहसंस्कार गर्ने क्रम निरन्तर चलेकाले त्यस क्षेत्रको सफाइ अभियानलाई पनि निषेधाज्ञाका बाबजुद निरन्तरता दिइएको सफाइ महाअभियानले जनाएको छ । पशुपति क्षेत्रमा शव जलाएपछिका दाउरा र बाँस पनि घाट क्षेत्रमा फालेको पाइएको सफाइ अभियानकर्मीले जनाएका छन् । 

    पशुपति क्षेत्रमा पशुपति क्षेत्र विकास कोषको कार्यालय परिसर मात्र सफा देखिने गरेको अभियानकर्मीको गुनासो छ । कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले सफाइ कर्मचारी बिरामी परेकाले सफाइमा प्रभाव परेको जानकारी दिएको अभियानकर्मी खरेलको भनाइ छ।

    यसैगरी शङ्खमूल क्षेत्रमा डा लक्ष्मी पौडेलको नेतृत्वमा सफाइ गरिएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप