रिलिजको प्रतिक्षामा भोजपुरी फिल्म ‘स्पेशल कमाण्डु अन मिसन’
‘मुख्यमन्त्रीको छोरीलाई अपहरण गरेर चाइना बोर्डरमा पाँच वर्षदेखि राखिएको छ तर विभिन्न प्रयासका बाबजुद पनि मुख्यमन्त्री छोरीलाई अहपरणकारीबाट मुक्त गराउन सकिरहेको हुँदैन । त्यसपछि सरकारको विशाल नेतृत्वमा एउटा कमण्डो चाइना बोर्डरमा जान्छ र मुख्यमन्त्रीको छोरीलाई रिहाइ गराउन सफल हुन्छ ।’
यिनै कथावस्तुमा केन्द्रीत भएर निर्माण भएको छ, भोजपुरी फिल्म ‘स्पेशल कमाण्डु अन मिसन’ । अमित सर्राफको निर्देशन, गणेश प्रसादको निर्माणमा बनेको यो भोजपुरी फिल्ममा नायक सदाम हुसैन, नायिका मनिषा यादवका साथै अन्य कालाकारमा निशान्त पाण्डे, माही खान, आयाज खान, राजकपुर शाही, सुधाकरण मिश्र, जाकिर हुसैन, अलि साह, राकेशलगायतका रहेका छन् ।
यसको सुटिङ सम्पन्न भइसकेको छ । इडिटिङ्गको कार्य सकाएर रिजिलको प्रतिक्षामा रहेको नायक सदाम हुसैनले बताए । निषेधाज्ञाका कारण रिलिजमा ढिलाइ भइरहेको उनले बताए । भैरहवा, बुटवल, पाल्पा, रौतहटलगायतका स्थानमा छायाँकन भएको फिल्ममा एक्सनका साथै प्रेमका कथावस्तु पनि समेटिएको हुसैनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
छोरीको मृत्युबारे तान्याले भनिन्– गलत उपचारका कारण छोरीले ज्यान गुमाइन्
-
दुई वर्षदेखि बरेङमा ‘घरमा सुत्केरी हुनेको सङ्ख्या शून्य’
-
ईसेवा मनि ट्रान्सफरको ‘मेरो डिजिटल देश’ अभियान अन्तर्गत काठमाडौँमा घर जित्ने विजेता घोषणा
-
बगरफाँट–भकिम्ली सडक : ‘ट्याक’ खुलेको १७ वर्षपछि स्तरोन्नति
-
एनपीएलको उत्कृष्ट नेपाली खेलाडीले ओमोडा इफाइभ एसयूभी पाउने
-
एनपीएलका प्रत्येक चौकामा एनसेल फाउन्डेसनले ४ वटा शैक्षिक सामाग्री वितरण गर्ने