मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय
कविता

म अब पीडा खप्न सक्दिनँ

शनिबार, ०५ असार २०७८, १३ : ५८
शनिबार, ०५ असार २०७८

 

 

म अब पीडा खप्न सक्दिनँ 
कति दिन्छौँ चोट रातदिन 
ए भूकम्प ! तिमीले मा¥यौ 
सन्तान मेरो कति कति 
छियाछिया बनायौ मेरो छाती 
सहेर तिम्रो विपत्ति अति 
माटो नै भयो सबै सम्पत्ति । 

आयो राति उर्लेर सुनकोसी 
बगायो सबैलाई एकैचोटि 
पुरिए मेरा सन्तानहरु
बगरमा देखिए लास बनेर एकैचोटि 
कति सहनु मैले पीडा अब
तिमी दु:ख दिन्छौ जब जब
के म मेरो सिन्धु छोडेर जाऊँ अब ?
 
आफ्नै आँगनमा सन्तानको लास
ए प्रकृति ! हामी सबै होइनौँ बदमास 
लुटेरहरुलाई मुक्ति दिएर
गरिबको बास भत्काउँदै 
सुसेली खेल्दै सागरमा पुग्दा 
तिमीलाई खुसी मिल्छ कहिल्यै 
सधैँ सिन्धुवासी दुःख दिएर ।

तिमीले दिएका पीडा भुल्दै थिएँ
इन्द्रावतीको बगरमा डुल्दै थिएँ 
डुबायौ घर, बगायौ मेरै आफन्त 
ल्यायौ बाढी पसायौ घरभित्र 
क्षण भरमा मेलम्ची तहसनहस भो 
अब त म मरे पनि हुने भयो 
मेरो सिन्धुपाल्चोक सधैँ रुने भयो ।।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

हेमराज ढकाल
हेमराज ढकाल

हेमराज ढकाल रातोपाटीका भक्तपुर संवाददाता हुन् ।

लेखकबाट थप