मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

कमल थापाले भने– लोभीपापीलाई बोकेर हिँड्दा गन्तव्यमा पुगिँदैन, बरु एक्लै हिँड्छु

शनिबार, ०५ असार २०७८, १३ : ३६
शनिबार, ०५ असार २०७८

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले लोभीपापी र अवसरवादीहरुलाई बोकेर हिँड्दा गन्तव्यमा नपुगिने बताएका छन् ।

राप्रपाभित्र खटपट चलिरहेको बेला थापाले आफ्नो पछि कति छन् भनेर नहेर्ने भन्दै बरु एक्लै हिंड्ने बताएका हुन् । 

उनले ट्वीटरमा लेखेका छन्, 'लोभीपापी र अवसरवादीहरुलाई बोकेर हिँड्दा संतोष नहुने र गन्तव्यमा पनि नपुगिने रहेछ। विगतमा धेरै गल्ती गरियो। अब मसँग गल्ती गरेर सच्याउने समय छैन। त्यसैले,अब मेरो पछि कति छन् भनेर हेर्दिन। बरु एक्लै हिँड्छु, नकारात्मक सोच भएकाहरुसँग टाढै बस्छु ।'

​प्रधानमन्त्री केपी शर्मा ओलीसँग सहकार्य गर्ने थापाको प्रयासमा अध्यक्षद्वय पशुपति शम्शेर राणा र प्रकाशचन्द्र लोहनीले अवरोध खडा गरेका थिए । 

केही दिनअघि थापाले उनीहरुमाथि अल्छी घोडाको संज्ञा दिएका थिए । उनीहरुका कारण पार्टीले गति लिन नसकेको थापाको भनाइ थियो ।

राप्रपाले शुक्रबार केन्द्रीय निर्देशन समिति र केन्द्रीय बिशेष समिति गठनमा पनि राप्रपाभित्र विवाद छ  ।

पछिल्लो थापाको कार्यशैलीप्रति विमति जनाउँदै आएका  नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा. धवल शमशेर राणालाई  २५ सदस्यीय केन्द्रीय विशेष समितिमा समेटिएको छैन ।

पार्टीका उपाध्यक्ष र महामन्त्री समेत भइसकेका राणाले थापाको साथ छोडेपछि विशेष समितिमा नराखिएको बुझिएको छ । 

उनी आफै आगामी महाधिवेशनमा पार्टीको लागि नेतृत्व अगाडि सर्ने तयारीमा रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप