कमल थापाले भने– लोभीपापीलाई बोकेर हिँड्दा गन्तव्यमा पुगिँदैन, बरु एक्लै हिँड्छु
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले लोभीपापी र अवसरवादीहरुलाई बोकेर हिँड्दा गन्तव्यमा नपुगिने बताएका छन् ।
राप्रपाभित्र खटपट चलिरहेको बेला थापाले आफ्नो पछि कति छन् भनेर नहेर्ने भन्दै बरु एक्लै हिंड्ने बताएका हुन् ।
उनले ट्वीटरमा लेखेका छन्, 'लोभीपापी र अवसरवादीहरुलाई बोकेर हिँड्दा संतोष नहुने र गन्तव्यमा पनि नपुगिने रहेछ। विगतमा धेरै गल्ती गरियो। अब मसँग गल्ती गरेर सच्याउने समय छैन। त्यसैले,अब मेरो पछि कति छन् भनेर हेर्दिन। बरु एक्लै हिँड्छु, नकारात्मक सोच भएकाहरुसँग टाढै बस्छु ।'
प्रधानमन्त्री केपी शर्मा ओलीसँग सहकार्य गर्ने थापाको प्रयासमा अध्यक्षद्वय पशुपति शम्शेर राणा र प्रकाशचन्द्र लोहनीले अवरोध खडा गरेका थिए ।
केही दिनअघि थापाले उनीहरुमाथि अल्छी घोडाको संज्ञा दिएका थिए । उनीहरुका कारण पार्टीले गति लिन नसकेको थापाको भनाइ थियो ।
राप्रपाले शुक्रबार केन्द्रीय निर्देशन समिति र केन्द्रीय बिशेष समिति गठनमा पनि राप्रपाभित्र विवाद छ ।
पछिल्लो थापाको कार्यशैलीप्रति विमति जनाउँदै आएका नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा. धवल शमशेर राणालाई २५ सदस्यीय केन्द्रीय विशेष समितिमा समेटिएको छैन ।
पार्टीका उपाध्यक्ष र महामन्त्री समेत भइसकेका राणाले थापाको साथ छोडेपछि विशेष समितिमा नराखिएको बुझिएको छ ।
उनी आफै आगामी महाधिवेशनमा पार्टीको लागि नेतृत्व अगाडि सर्ने तयारीमा रहेका छन् ।
निकै घत लाग्यो।
— Kamal Thapa (@KTnepal) June 19, 2021
लोभीपापी र अवसरवादीरूलाई बोकेर हिँडदा संतोष नहुने र गन्तव्यमा पनि नपुगिने रहेछ।
विगतमा धेरै गल्ती गरियो।अब मसंग गल्ती गरेर सच्याउने समय छैन। त्यसैले,अब मेरो पछि कति छन् भनेर हेर्दिन।बरु एक्लै हिड्छु,नकारात्मक सोच भएकाहरुसंग टाढै बस्छु
No compromise with 'viruses' https://t.co/GE8VFHAr4f
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पुस्तकालयको सामग्री भुक्तानी गर्न कमिसन मागेको भन्दै पाटनमा विवाद
-
एडीबीका अध्यक्ष कान्डासँग बालेनको भेटले अन्य कूटनीतिज्ञसँग भेटवार्ताको बाटो खुलेको हो ?
-
लुम्बिनी प्रदेशमा विनियोजन विधेयक बहुमतले पारित
-
टिकटकले किन हटायो नेपालीले बनाएका साढे १९ लाखभन्दा बढी भिडियो ?
-
सिरहामा ४० वर्षीय महिलाको शव खोलाकिनारमा भेटियो
-
राष्ट्रिय गौरवका सिँचाइ आयोजनाको अनुगमन अब डिजिटल पोर्टलबाट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
