केन्द्रीय संस्करण

मेरो बारेमा अफवाह फैलाइँदैछ – मुख्यन्यायधिवत्ता दिपेन्द्र झा

person explore access_timeअसार ५, २०७८ chat_bubble_outline0

प्रदेश नम्बर २ का मुख्य न्यायाधिवक्ता दिपेन्द्र झाले आफ्नो राजीनामाको विषयमा कसैले अफवाह फैलाइएको प्रति गम्भीर आपत्ति जनाएका छन् ।

उनले आफुले राजीनामा दिने मुडमा वा तयारीमा रहेको भन्ने बारे आफुलाई नै थाहा नभएको बताए । उनले भने– म राजीनामा दिदैँ छु, भन्ने कुरा मलाई नै थाहा छैन ।

मुख्य न्यायाधिवक्ता झाले सामाजिक सञ्जालमा लेखेका छन्– ‘म राजीनामा दिने मुडमा वा तयारी आदि भ्रामक समाचार मैले कतिपय ठाउँमा हेरे, यस सम्बन्धमा मलाई कहीँ कतै कुनै जानकारी नभएको र कसैले सोधेको वा कुरा गरेको छैन, यसकारण यस्ता समाचार कसले कुन प्रयोजनको लागि लेखे भन्ने कुरा आफूलाई जानकारी नभएकोले खण्डन गर्दछु ।’ 

काम विशेषले राजधानी काठमाण्डौमा रहेको जानकारी दिँदै उनले विहानै आफुले यस्तो भ्रामक समाचार हेरेपछि आफै आश्चर्यमा परेको बताए । 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.