शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

भक्तपुरमा इँटा भट्टाको खाल्डोमा बालकको शव भेटियो

शनिबार, ०५ असार २०७८, ११ : २६
शनिबार, ०५ असार २०७८

भक्तपुरको इँटा भट्टाको खाल्डोमा एक जना बालकको शव भेटिएको छ । महानगरीय प्रहरी परिसर भक्तपुरले दिएको जानकारी अनुसार चाँगुनारायण नगरपालिका ९, ताथलीमा राजु मछेका छोरा १० वर्षका रोजनको शव भेटिएको हो । 

शुक्रबार  अन्दाजी ११ः०० बजेको बालक हराएको र आसपास वरिपरि जान सक्ने ठाउँ तथा साथीभाईसँग बुझ्दा समेत फेला नपरेको जानकारी प्रहरीलाई प्राप्त भएको थियो । 
खोजतलास गर्दै जाँदा शनिबार मृतक बालकको घरको नजिकै रहेको सेतो बि.एम इँटा भट्टाको कम्पाउन्डमा रहेको खाल्डोमा पानी जमेको पोखरीमा उनको शव भेटिएको परिसरका डीएसपी दिपक गिरीले बताए । 

उक्त स्थानमा महानगरीय प्रहरी वृत्त जगाती भक्तपुरबाट प्रहरी निरिक्षक सूर्य बहादुर शाहीको कमाण्डको अनुसन्धान अधिकृतको टोली खटी गई घटनास्थल तथा शव जाँच मुचुल्काको कार्य गरिएको छ । 
शवलाई पोष्टमार्टमका लागी केएमसी अस्पताल दुवाकोट भक्तपुर पठाईएको र घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको डीएसपी गिरीले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप