मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

टिपरको ठक्करबाट एक सञ्चारकर्मीको मृत्यु

शनिबार, ०५ असार २०७८, १० : ५४
शनिबार, ०५ असार २०७८

सर्लाहीमा टिपरको ठक्करबाट एक सञ्चारकर्मीको मृत्यु भएको छ । हरिपुर्वा नगरपालिका वडा नम्बर ८ स्थित वसन्तपुर मुखिया चोकमा हरिपुर्वा तर्फ जाँदै गरेको टिपरले विपरीत दिशा तर्फबाट आउँदै गरेको ज ७ प ९०४२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक महोत्तरीस्थित जुनतारा एफएममा कार्यरत संचारकर्मी अर्जुन कुशवाहा महतोको मृत्यु भएको हो ।

संचारकर्मी महतोको घटनास्थलमै मृत्यु भएको सर्लाही प्रहरीले जनाएको छ । उनको मृत्युपछि आक्रोशित स्थानीयले टिपरमा आगजनी समेत गरेका छन् ।  टिपर चालक भने सर्लाही प्रहरीको नियन्त्रणमा रहेको जनाएको छ ।

यता नेपाल पत्रकार महासंघ प्रदेश नम्बर २ ले संचारकर्मी महतोको घटनाको छानबिन गरी दोषी उपर कारवाही तथा उचित क्षतिपूर्तिको व्यवस्थापन गर्न माग गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप