शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सलमानका फिल्म अस्वीकार गरेका बलिउड अभिनेत्री

शनिबार, ०५ असार २०७८, १० : ४९
शनिबार, ०५ असार २०७८

बलिउड उद्योगका लोकप्रिय अभिनेता सलमान खानसँग फिल्म खेल्न नचाहाने अभिनेत्री सायदै कोही होला । उनीसँग एउटा फिल्म खेलेर चर्चित हुन चाहाने अभिनेत्रीहरुको संख्या निकै ठूलो छ । सलमानका थुप्रै सुपटहिट फिल्म छन् । युवापुस्ता र मध्यम उमेरका हर दर्शकका लागि लोकप्रिय सलमानका केही प्रस्ताव अस्वीकार गर्ने अभिनेत्री पनि बलिउडमा छन् । सलमानले फिल्म खेल्न प्रस्ताव गरे पनि उनीहरुले सलमानसँग फिल्म खेल्न मानेनन् । 

ऐश्वर्या राय बच्चन 
अभिनेत्री ऐश्वर्या र सलमानले एकसाथ फिल्ममा काम गरेका छन् । तर, फिल्म खेल्दा खेल्दै सलमान र रायबीच प्रेम पलायो । प्रेमसम्बन्धमा खटपट आएपछि सलमानसँग ऐश्वर्याले फिल्म खेल्न मानिनन् । सलमानले उनलाई धेरै पटक फिल्म अफर गरेका थिए । 

दीपिका पादुकोण 
दीपिकाले अभिताभ बच्चन, शाहरुख खान, सैफ अली खान, रणवीर कपूर जस्ता अभिनेतासँग फिल्म खेलेकी छन् । तर, उनले सलमानसँग फिल्म खेलिनन् । सलमानसँग फिल्म खेल्न दीपिकालाई धेरैपटक अफर गरिएको थियो तर उनले सलमानसँग कहिल्यै फिल्म खेलिनन् । 

उर्मिला मातोन्डकर
उर्मिलाले सलमानसँग “जानम समझा करो” मा एकसाथ काम गरिन् । तर त्यसपछि उनले सलमानसँग काम गर्न कहिल्यै राजी भइनन् । 

सोनाली बेन्द्रे
सोनाली र सलमानले ब्लकबस्टर फिल्म “हम साथ साथ है” मा देखिएका थिए । तर सोनालीले त्यसपछि कहिल्यै सलमानसँग काम गरिनन् । 

ट्विंकल खन्ना
सलमान र खन्नाले एकसाथ “जब प्यार किसी से होता है” मा एकसाथ काम गरेका थिए । तर, त्यसपछि सलमानसँग खन्नाले कहिल्यै काम गरिनन् । 

कंगना रनौत
कंगना रनौतले सलमानसँग फिल्म खेल्न धेरै पटक अस्वीकार गरिन् । कंगनाले ब्लकबस्टर फिल्म “सुल्तान” मा काम गर्न पनि अस्वीकार गरेकी थिइन् । कंगनालाई उक्त फिल्म खेल्न अफर गरिएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप