बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

काँग्रेसको सदस्यता वितरणमा धाँधली भएको भन्दै तालाबन्दी

शनिबार, ०५ असार २०७८, ०९ : ३७
शनिबार, ०५ असार २०७८

बिराटनगर । नेपाली काँग्रेस, मोरङ क्षेत्र नम्बर ४ मा क्रियाशील सदस्यता वितरणमा धाँधली भएको भन्दै कार्यकर्ताले तालाबन्दी गरेका छन् ।

क्रियाशील सदस्यता वितरणमा  धाँधली भएको आरोप लगाउँदै पार्टीको ४ नम्बर क्षेत्रीय कार्यालयमा तालाबन्दी गर्नेहरूमा विराटनगरका नेविसंघ नेता पास्चर घिमिरे र मिलन श्रेष्ठ छन् ।

नेपाली काँग्रेस क्षेत्रीय कार्य समितिले वार्ड समितिले सिफरिस गरी पठाएका क्रियाशील सदस्यता पाउनै पर्ने केही व्यक्तिहरुको नाम क्षेत्रीय कार्यसमितिले तानाशाही ढंगबाट पाखा लगाएको श्रेष्ठ र घिमिरेले जाी गरेको विज्ञप्तिमा उल्लेख छ ।

उनीहरुले पार्टीभित्र मनोमानी गर्ने गिरोहलाई कारवाही गर्न माग गरेका छन् । नेतृत्वको यस्तो व्यवहारले नेपाली काँग्रेस लोकतान्त्रिक पार्टी हो कि हैन भन्ने प्रश्न खडा भएको घिमिरे र श्रेष्ठको आरोप छ ।

बिराटनगर वडा नम्बर ३ निवासी सक्रिय काँग्रेस कार्यकर्ताहरूको योगदानको मूल्यांकन गर्दै क्रियाशील सदस्यता दिइनुपर्ने उनीहरुको माग छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप