काँग्रेस क्रियाशील सदस्यता नवीकरण गर्न मापदण्ड निर्धारण
![काँग्रेस क्रियाशील सदस्यता नवीकरण गर्न मापदण्ड निर्धारण](https://rpcdn.ratopati.com/media/albums/congress-protest_i4hijZCotS.jpg)
नेपाली काँग्रेसको केन्द्रीय क्रियाशील सदस्यता छानविन समितिले पार्टीको १४ औँ महाधिवेशनका लागि क्रियाशील सदस्यता नवीकरण गर्न निश्चित मापदण्ड निर्धारण गरेको छ । पार्टी केन्द्रबाट उपलब्ध गराइएको सफ्टवेयरमा जिल्लाबाट ‘इन्ट्री’ गरी नाम प्रस्ताव गर्दा नवीकरण गर्न छुट भएको अवस्थामा यही असार ९ गतेभित्र नवीकरण गर्न योग्य सदस्यका आवश्यक विवरण पठाउन मातहतका समितिलाई निर्देशन दिइएको छ ।
पार्टीको आधिकारिक उमेदवारविरुद्ध विद्रोही उम्मेदवार बनेका वा त्यस्तो विद्रोही उम्मेदवारको प्रस्तावक समर्थक बनेका, पार्टी अनुशासनको कारबाहीमा परेका, पार्टी परित्याग गरेका र निधन भएकाको भने नवीकरण नहुने समिति सचिव केशव रिजालले जानकारी दिए ।
समितिले क्रियाशील सदस्यता नवीकरण गर्न छुट भएको भए, नवीकरण गर्नुपर्ने सदस्यको नामावली विवरण र शुल्कसमेत समितिमा असार ९ गतेभित्र पठाउन सबै जिल्ला कार्यसमिति, क्षेत्रीय कार्यसमिति, प्रदेश सभा क्षेत्रीय कार्यसमिति, गाउँ/नगर पालिका कार्यसमिति र वडा कार्यसमितिलाई अनुरोध गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन्छौँ : घनश्याम भुसाल
-
ग्रिन हाइड्रोजनले स्वच्छ ऊर्जा रूपान्तरणमा योगदान गर्छ : मन्त्री बस्नेत
-
नेप्से १५.४६ अंकले बढ्यो, साढे ६ अर्बको कारोबार
-
प्रचण्डलाई संसद फेस गर्न दिने मुडमा कांग्रेस–एमाले
-
डाक्टर र नर्सले पाएको लाइसेन्सलाई कमजोर ठान्नु हुँदैन : मन्त्री यादव
-
बेनी–जोमसोम सडक खण्डमा राति यात्रा नगर्न अपिल