शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

बेम्बलीमा इङल्यान्ड र स्कटल्यान्डबीच गोलरहित बराबरी

शनिबार, ०५ असार २०७८, ०६ : २४
शनिबार, ०५ असार २०७८

इङल्यान्डले बेम्बली रंगशालामा भएको खेलमा स्कटल्यान्डसँग गोलरहित बराबरीमै चित्त बुझाएको छ । यस जीतसँगै इङल्यान्डले समूह डीमा ४ अंक बटुलेको छ भने स्कटल्यान्ड एक अंकमै सिमित बनेको छ । 

यसअघि सुरुवाती खेलमा क्रोयशियालाई इङल्यान्डले १–० ले हराएको थियो । यता, चेक गणतन्त्रले स्कटल्यान्डलाई २–० ले हराएको थियो । 

अब स्कटल्यान्डसामु कुनै हालतमा क्रोयशियाविरुद्ध अन्तिम खेलमा जित निकाल्नुपर्ने अवस्था निम्तिएको छ । 

लण्डनस्थित रंगशाला इङल्यान्डको घरेलु मैदान भएपनि यहाँ उपस्थित स्कटिस समर्थकहरुको बाक्लो संख्याले ग्लासगो शहरकै झल्को दिन्थ्यों । 

खेलको दशौं मिनेटमै इङल्यान्डले अग्रता लिने राम्रो अवसर गुमायो, जोन स्टोन्सले गरेको हेडर पोष्ट नजिकैबाट बाहिरिएको थियो । मासोन माउन्टले पनि पहिलो हाफमा स्कटल्यान्डलाई ठूलो दबाब दिएका थिए । 

यता, स्कटल्यान्डले पनि दोस्रो हाफमा केही अवसर सिर्जना गरेको थियो । यस बराबरीपछि चेक गणतन्त्र र इङल्यान्डको अंक बराबर  छ । तर, गोलअन्तरमा चेक अघि छ । चेक गणतन्त्र र क्रोयशियाले पनि शुक्रबार १–१ गोलको बराबरी खेलेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप