नेपालमा बाढी-पहिरो : विदेशमा बसेका नेपाली सहयोग संकलनमा जुटे
शुक्रबार, ०४ असार २०७८, २३ : ३३

वर्षाको समय सुरु भएसँगै नेपालमा बाढी पहिरोको घटना बढ्न थालेपछि विदेशमा रहेका नेपाली सहयोग जुटाउन लागिपरेका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए) सिन्धुपाल्चोकको मेलम्ची लगायत नेपालभरी नै बाढी तथा पहिरो पीडित बढ्न थालेको भन्दै सहयोग गर्न अपिल गरेको छ ।
संघका अध्यक्ष कुमार पन्तले शुक्रवार एक विज्ञप्ति जारी गर्दै बाढी तथा पहिरोमा परि ज्यान गुमाएका सम्पूर्ण व्यक्तित्वहरुप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारजन प्रति समवेदना प्रकट गरेका छन् । उनले मातृभूमिमा रहेका दाजुभाई, दिदिबहिनी तथा आमाबुबाको दुःखले आफूहरुलाई पिरोलेको भन्दै यस दुःखद घडीमा सबैले आफ्नो तर्फबाट सक्दो सहयोग गर्नको लागि अपिल गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘कि जितिन्छ, कि बितिन्छ’ भन्दै सडकमा आएका शिक्षकहरूको उधारो सहमति
-
सुनसरीबाट ७ सय ८३ किलो गाँजासहित दुई जना प्रहरीको नियन्त्रणमा
-
सरकार–शिक्षक सहमति : शिक्षकहरूले निजामती कर्मचारी सरह ग्रेड र रकम पाउने
-
२९ दिने आन्दोलनमार्फत के पाए शिक्षकले ? के भन्छन् महासङ्घ अध्यक्ष सुवेदी ?
-
सरकारसँगको सहमतिप्रति विद्यालय कर्मचारी रुष्ट, शिक्षकहरूले धोका दिएको आरोप
-
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य