बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

नेपालमा बाढी-पहिरो : विदेशमा बसेका नेपाली सहयोग संकलनमा जुटे

शुक्रबार, ०४ असार २०७८, २३ : ३३
शुक्रबार, ०४ असार २०७८

वर्षाको समय सुरु भएसँगै नेपालमा बाढी पहिरोको घटना बढ्न थालेपछि विदेशमा रहेका नेपाली सहयोग जुटाउन लागिपरेका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए) सिन्धुपाल्चोकको मेलम्ची लगायत नेपालभरी नै बाढी तथा पहिरो पीडित बढ्न थालेको भन्दै सहयोग गर्न अपिल गरेको छ । 

संघका अध्यक्ष कुमार पन्तले शुक्रवार एक विज्ञप्ति जारी गर्दै  बाढी तथा पहिरोमा परि ज्यान गुमाएका सम्पूर्ण व्यक्तित्वहरुप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारजन प्रति समवेदना प्रकट गरेका छन् ।  उनले मातृभूमिमा रहेका दाजुभाई, दिदिबहिनी तथा आमाबुबाको दुःखले आफूहरुलाई पिरोलेको भन्दै यस दुःखद घडीमा सबैले आफ्नो तर्फबाट सक्दो सहयोग गर्नको लागि अपिल गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप