नेपाल चीन–सीमामा पहिरोले नदी थुन्यो, तामाकोशीमा बाढी आउने चेतावनी

नेपाल चीन सिमानामा भारी बर्षापछि गएको पहिरोले नदी थुनिएपछि तामाकोशी नदीमा बाढी आउने चेतावनी दिइएको छ । जिल्ला प्रशासन कार्यालय दोलखाले शुक्रबार राती ९ :४५ बजे अत्यन्त जरुरी सूचना जारी गर्दै सचेत रहन आग्रह गरेको छ ।
नेपाल चीन सीमा क्षेत्रमा रहेको टिङग्री काउन्टीको रोङसिया शहर र सो को आसपासमा भारी वर्षा आएसँगै पहिरो गई नदीको प्रवाह रोकिएको जनाइएको छ । सो बारेको सूचना आएकोले कुनैपनि समयमा तामाकोशी नदीमा पानीको मात्रा बढेर बाढी आउन सक्ने जनाइएको छ ।
सूचनामा भनिएको छ– ‘नेपाल–चीन सीमा नजिकको वस्ती लगायत तामाकोशी नदीको तटीय क्षेत्रमा जोखिम सृजना हुन सक्ने संभावना देखिएकोले सो क्षेत्रमा बसोवास गर्नुहुने सम्पुर्ण दिदीबहिनी तथा दाजुभाइहरु सतर्क र सजग रहन, कुनै खतराको संकेत प्राप्त हुनासाथ सुरक्षित स्थानतर्फ जान हुन अनुरोध छ ।’ साथै स्थानीय तहका अधिकारी र नजिकको सुरक्षा निकायमा तुरुन्त जानकारी गराउन पनि आग्रह गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा रिसाएका नारायणकाजी श्रेष्ठ चितवनमा
-
आज २५ अर्ब रुपैयाँको निक्षेप उपकरण बोलकबोल गर्दै राष्ट्र बैंक
-
पहिलो पटक आपसमा भिड्दै दुई महारथी अस्ट्रेलिया र दक्षिण अफ्रिका
-
विदेशमा अध्ययन पुरा नगरेकालाई काठमाडौँ विश्वविद्यालयले पुनः पढ्न दिने
-
उत्तर कोरियाली ह्याकरले एकै पटकमा चोरे डेढ अर्ब डलरको क्रिप्टोकरेन्सी
-
महाशिवरात्रिका तीनवटै फिल्मको बुकिङ खुल्ला, कसले कति पाए शो ?