मेलम्चीमा फेरि आयो भीषण बाढी
![मेलम्चीमा फेरि आयो भीषण बाढी](https://rpcdn.ratopati.com/media/albums/melamchi_flood_33_XwnGjhPQN4_VeilfaiDP6.jpg)
सिन्धुपाल्चोकको मेलम्ची खोलामा भीषण बाढी आएको छ । शुक्रबार साँझ साढे ८ बजेदेखि खोलाको बहाव बढ्दै गएको मेलम्ची प्रहरी कार्यालयका प्रहरी निरीक्षक टिकाराम राईले जानकारी दिए । प्रहरीले त्यस आसपासका जोखिमयुक्त क्षेत्रमा रहेका मानिसहरुलाई माइकिङ गरेर सुरक्षित स्थानमा सारिएको जानकारी दिए ।
वर्षा सामान्य भएपनि बाढीको बहाव बढी मात्रामा आएको उनको भनाई छ । प्रहरी निरीक्षक राईले भने–‘हिजो अस्तिको भन्दा केही बढी मात्रामा बाढी आएपनि पहिलो दिनको भन्दा अलि कम छ । मेलम्ची क्षेत्रमा पानी खासै ठूलो नपरेपनि बाढीको मात्रा बढेको छ । माइकिङ गरेर सर्वसाधारणलाई सुरक्षित स्थानमा सारेका छौँ ।’
हेलम्बु क्षेत्रमा बाढीको प्रभावबारे विस्तृत बिवरण आउन बाँकी रहेको छ । ३ दिन अघि मेलम्ची तथा याङ्ग्री र लार्के नदीमा आएको भीषण बाढीले हेलम्बु तथा मेलम्ची क्षेत्रमा ठूलो जनधनको क्षति पुर्याएको छ ।
यसैबीच बाढी पूर्वानुमान शाखाले भोटेकोशीको बाढीले नदीसतह पार गरेको जनाएको छ । सिन्धुपाल्चोकको बाह्रबिसे क्षेत्रमा भोटेकोशी नदीको बाढीले खतराको तह पार गरेको संकेत गर्दै सर्तक रहन आग्रह गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याग्दीको दोसल्ले गाउँबाट रु एक करोड ५० लाख बढीको सुन्तला बिक्री
-
झापामा शून्य खनजोत प्रविधिबाट मकैखेती
-
सहकारीको पैसामा मिटरब्याजको धन्दा, खाली चेक लिँदै, मुद्दा हाल्दै
-
चितवन राष्ट्रिय निकुञ्ज घुम्नेमा स्वदेशी भन्दा विदेशी बढी
-
कालोपत्र सडकले जोडियो सर्दी, हट्यो वर्षौदेखिको दुःख
-
आज दोस्रो क्वालिफायर : हारले घाइते जनकपुर र जितले उत्साहित कर्णालीबिच ‘गर या मर’ को भिडन्त