माछापुच्छ्रे बैंकका ग्राहकलाई दराजमा कार्ड मार्फत भुक्तानी गर्दा १५% सम्मको छुट
काठमाडौं । दराजले ‘बैंक डे अफर’ का लागि माछापुच्छ्रे बैंकसँग साझेदारी गरेको छ । एस साझेदारी पश्चात माछापुच्छ्रे बैंकको कार्ड मार्फत पेमेन्ट गरे बापत ग्राहकहरुले १५% वा अधिकतम ५०० सम्मको छुट पाउने छन् ।
माछापुच्छ्रे बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताले असार ३ देखि दराजमा सामान खरिद गरि कार्ड मार्फत पेमेन्ट गरे बापत १५% सम्मको छुट पाउन सक्नेछन् । माछापुच्छ्रे बैंकका कार्ड प्रयोगकर्ताले हरेक बिहीबार दराज एप मार्फत यो छुट प्राप्त गर्न सक्नेछन् ।
माछापुच्छ्रे बैंकको डेबिट कार्ड भुक्तानीमा १०% अथवा अधिकतम ५०० सम्मको छुट र क्रेडिट कार्ड भुक्तानमा १५% वा अधिकतम ५०० सम्मको छुट पाउन सक्नेछन् । छुट उपभोग गर्नको लागी आफ्नो कार्डमा ई कमर्स एक्टिभ गर्न सक्नेछन् ।
ग्राहकहरूले अब माछापुच्छ्रे बैंकको क्रेडिट कार्डको लागि पनि आवेदन दिन सक्ने र क्रेडिट कार्ड भुक्तानमा अधिक छुट पाउन सकिन्छ । साथै माछापुच्छ्रे बैंकले दराजसँगको साझेदारीमा ०% ईएमआई सुबिधा पनि ल्याएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शरीरमा स्वतः रक्सी बन्ने बेल्जियन पुरुष मापसे मुद्दामा निर्दोष ठहर
-
मानपुर-बुलिङटार सडक खण्डमा कालोपत्र गरिँदै
-
सङ्घीय कानुनले पूर्णता नपाउँदा सङ्घीयताको अनुभूति भएन : प्रकाशमान सिंह
-
सरकारलाई आजपाको सचेतनापत्र, माग पूरा नभए वैशाख २० देखि भन्सार घेराउ
-
लोकसभा निर्वाचन : अमेठीबाट राहुल र रायबरेलीबाट प्रियंका चुनाव लड्ने
-
१४ अन्तर्राष्ट्रिय वित्तीय संस्थाका प्रतिनिधिद्वारा अर्थमन्त्रीसँग भेट