बाढी प्रभावित क्षेत्रमा राहत बाँड्दै वाइसिएल टिम
शुक्रबार, ०४ असार २०७८, २० : ५४

माओवादी केन्द्र निकट भातृ संगठन वाइसिएल नेपालका अध्यक्ष रामप्रसाद सापकोटा ‘दीपशिखा’ केन्द्रीय टोली लिएर राहतसहित बाढी प्रभावित क्षेत्र पुगेका छन् । अध्यक्ष सापकोटा शुक्रबार केन्द्रीय टोली लिएर आफै मेलम्ची , हेलम्बु चनौटे पुगेका हुन् ।
टोलीले बाढी प्रभावित क्षेत्र हेलम्बु चनौटे लगायत स्थानमा पुगेर प्रभावित बासिन्दालाई खान पकाउने प्रेसर कुकर, थाल ,कचौरा, जग, डाडु ,लगायतका तत्काल आवश्यक सामग्री उपलब्ध गराइएको अध्यक्ष दीपशिखालाई उदृत गर्दै वाइसीएल नेपालले जानकारी दिएको छ । हिजोमात्र कोरोना संक्रमण र प्राकृतिक प्रकोपलाई मध्यनजर गर्दै वाइसिएल नेपाल केन्द्रीय समितिले ‘विपद राहत कोष’ खडा गरेको थियो । उक्त कोषमार्फत बाढी प्रभावित क्षेत्रमा राहत सामग्री सहयोग गर्ने काम सुरू भइसकेको वाइसिएलले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजावादीले जेठ १५ गतेदेखिको आन्दोलनमा उपत्यकाबाहिरबाट आन्दोलनकारी ल्याउने
-
भक्तपुर क्यान्सर अस्पतालमा बालचिकित्सा सघन एकाइ सञ्चालन
-
तीनकुनेको प्रदर्शन : कतिजना हिरासतमा छन्, को-को छुटे ?
-
ध्यानु र सोवर्णी गाईका स्वभाव, जसले मलाई मानिसको प्रवृत्ति बुझ्न प्रेरित गरे
-
प्रधानसेनापतिद्वारा विजयी क्लब र खेलाडीलाई पुरस्कार प्रदान
-
प्रचण्डलाई प्रधानमन्त्रीको प्रश्न : आफैँ ऐना हेर्ने, आफ्नै अनुहार देख्ने अनि अरूलाई गाली गर्ने ?