राप्रपाद्वारा केन्द्रीय निर्देशन समिति र केन्द्रीय विशेष समिति गठन (को-को परे ?)
शुक्रबार, ०४ असार २०७८, २० : १२
राष्ट्रिय प्रजातन्त्र पार्टी केन्द्रीय निर्देशन समिति र केन्द्रीय विशेष समिति गठन गरिएको छ । पार्टीको विधान तथा पार्टी एकिकरण सम्बन्धि आधारपत्र बमोजिम अध्यक्षत्रयको बैठकले सो समितिहरु गठन गरेको हो ।
समितिले विधानको परिधिभित्र रहेर पार्टीको वैचारिक, सांगठनिक र अन्य महत्वपूर्ण बिषयमा पार्टीलाई मार्गनिर्देश गर्ने पार्टीले जनाएको छ । निर्देशन समितिको बैठक नबसेको अवस्थामा निर्देशन समितिले गर्नु पर्ने निर्णयहरु केन्द्रीय विशेष समितिले गर्नेछ । दुवै समितिमा पार्टीका संस्थापक अध्यक्ष तथा पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्द पदेन सदस्य रहनेछन् । यस अघि गठन गरिएको सचिवालय कार्य व्यवस्था समिति खारेज गर्ने निर्णय गरिएको छ ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मौद्रिक नीतिले बढाउन सकेन नेप्से, ३०.०९ अङ्कले गिरावट
-
फिफा अध्यक्ष इन्फान्टिनोमाथि अनुसन्धान गर्न युरोपेली सांसदहरूको माग
-
‘सुकुमबासीको आँखामा आँसुको उपहार दिएर सरकारले १०० दिन मनायो’
-
स्पेनसँगको सबै व्यापारिक सम्बन्ध तोड्न ट्रम्पको आदेश
-
सर्भिस लेन कि पार्किङ स्पट ?
-
उद्योगी व्यवसायीले भोगिरहेका समस्या समाधान गर्न सरकार तयार छ : प्रधानमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण