शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

गण्डकीमा कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु

शुक्रबार, ०४ असार २०७८, १९ : २६
शुक्रबार, ०४ असार २०७८

गण्डकी प्रदेशमा कोरोना भाइरसको संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ । प्रदेशमा पछिल्लो २४ घण्टामा विभिन्न अस्पतालमा उपचाररत ११ जनाको मृत्यु भएको हो । गण्डकी प्रदेशका विभिन्न जिल्लामा ११ जना कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशक डा.विनोदबिन्दु शर्माले जनाकारी दिए । 

उनका अनुसार कास्कीमा ४, म्याग्दी ३, बाग्लुङ १, तनहुँ १, गोरखामा १ र नवलपुरमा १ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ८७६ पुगेको छ ।
त्यसैगरी गण्डकी प्रदेशमा थप १८४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १ हजार १२४ जनाको नमुना परीक्षण गरिएकामा १८४ जनामा संक्रमण देखिएको हो । 

संक्रमित मध्ये ९८ पुरुष र ८६ जना महिला रहेको प्रदेश स्वाथ्य निर्देशनालय गण्डकीले जनाएको छ । निर्देशनालयका अनुसार नयाँ संक्रमितहरुमा कास्कीका ८१ सहित म्याग्दीका १ जना, पर्वतका २६ जना,  लमजुङका १ जना तनहुँका २८ जना, बाग्लुङका १८ जना  स्याङ्जाका २ जना र नवलपुरका १७ जना जनामा कोरोना संक्रमण देखिएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५१ हजार ९५२ पुगेको छ । प्रदेशमा पछिल्लो २४ घण्टामा ५१३ जना जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै गण्डकीमा हालसम्म संक्रमणमुक्त हुनेहरुको संख्या ४६  हजार ४२५ पुगेको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप