शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

मनाङमा यार्सा टिप्न गएका ५६ जनाको उद्दार

शुक्रबार, ०४ असार २०७८, १९ : ०३
शुक्रबार, ०४ असार २०७८

मनाङको उच्च हिमाली भेगमा यार्सा टिप्न जाँदा मौसम बदली भएर विपद्मा परेका ५६ जनालाई उद्धार गरिएको छ । शुक्रबार हेलिकप्टरमार्फत उनीहरुको उद्दार गरिएको मनाङका डिएसपी सुवास खड्काले रातोपाटीलाई बताए । 

नार्पाभुमि गाउँपालिकास्थित फू लेकमा यार्सा टिप्न गएका २४ जनाले चाहिँ आफुहरु सुरक्षित तरिकाले घर पुगेको बताएका छन् । उनीहरुले आफु ‘सुरक्षित छौं’ भनेपछि उद्दार गर्नु नपरेको डिएसपी खड्काले बताए । वर्षा शुरु हुनुअघि नै लेकमा यार्सा टिप्न गएको र मौसम बदली भएर हिउँ पर्दा उनीहरुमध्ये ५६ जना बिचल्लीमा परेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप