शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

बाढी पहिरोबाट एक महिनामा  १५ जनाको मृत्यु, ५२८ परिवार विस्थापित

शुक्रबार, ०४ असार २०७८, १८ : ५४
शुक्रबार, ०४ असार २०७८

मनसुन शुरु भएसँगै आएको बाढी र पहिरोबाट एक महिनामा १५ जनाको मृत्यु भएको छ । जेठ ३० देखि परेको अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण देशभर १५ जनाले ज्यान गुमाएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाबाट बाढीले बगाएर दुईजना चिनियाँ र एकजना भारतीय नागरिकको मृत्यु भएको छ । चिनियाँ नागरिक २२ वर्षीय गोङ्ग तियाजिओ र यु चि झूको शव फेला परेको छ । हेलम्बुबाट बेपत्ता भएका भारतीय नागरिक कमल लोचन महतोको शव सिन्धुली स्थित सुनकोशी नदीमा फेला परेको प्रहरी प्रवक्ता (एसएसपी) बसन्त कुँवरले रातोपाटीलाई बताए ।

पाल्पाको रिब्दीकोट गाउँपालिका घर भएका १९ वर्षीय मदन भट्टराईको पहिरोले पुरिएर मृत्यु भएको छ । डोटीको केआईसिंह गाउँपालिका–३ अनाह गाडका खडक बहादुर बमको पनि पहिरोमा परेर मृत्यु भएको छ । सप्तरीको बलानबिहुल–४ का सन्तोष भण्डारीलाई बाढीले बगाएर बेपत्ता बनाएको थियो । उनको शव भारतमा भेटिएको छ । बाढीका कारण कास्कीको माछापुच्छ्रे गाउँपालिका बस्ने ४० वर्षीया लिला परियारको मृत्यु भएको छ ।

बाजुराको बुढीनन्दा नगरपालिका–३ बस्ने ३५ वर्षीय मोतीकला लुहारको स्थानीय बडीगार्ड खोलाले बगाएर मृत्यु भएको छ । गोरखाको आरुघाट बस्ने बर्दिया घर भएका ३८ वर्षीय गोविन्द चौधरीको मृत्यु भएको छ ।

त्यस्तै, जुम्लाको पातारासी गाउँपालिका–४ बस्ने सुकबहादुर नेपालीको पहिरोमा परेर मृत्यु भएको छ । कालिकोटको खडाचक्र नगरपालिकामा वर्ष ५४ का बले बिक, डोटीको सिलगढी नगरपालिका बस्ने वर्ष ७ का बालक विनोद भण्डारी र सिलगढी–७ बस्ने १० वर्षीया बालिका डेनिशा विष्टको  पहिरोमा पुरिएर ज्यान गएको छ ।

अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–५ घर भएका चोलानाथ अधिकारीलाई खोलो तर्ने क्रममा बगाउँदा मृत्यु भएको छ । उनको शव सन्धिखर्कको मथुराबेंसीमा फेला परेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

काभ्रेको तिमाल गाउँपालिका–७ चापाखोरी बस्ने वर्ष २३ की गीता शाहको कोशीले बगाएर मृत्यु भएको छ । कोशीले बगाएर ल्याएको सामान खोज्ने क्रममा बेपत्ता भएकी गीताको शव रामेछापको खाँडादेवी–१ स्थित खैरेनी घाटमा फेला परेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । सिन्धुपाल्चोकमा बाढीले बगाएर १८ जनालाई बेपत्ता बनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप