पूर्वसांसद परियारको निधन
नेपाली काँग्रेसका नेता कृष्णसिंह परियारको निधन भएको छ । लामो समयदेखि मधुमेह र उच्च रक्तचापको समस्याले ग्रसित ६८ वर्षीय पूर्वसांसद परियारको आज बिहान ७ः ३० बजे नेपालगन्ज–१२ कोरियनपुरस्थित आफ्नै निवासमा निधन भएको कांग्रेस बाँकेका नेता मेघराज ओलीले जानकारी दिए ।
विसं. २०४८ को संसदीय निर्वाचनमा बाँके क्षेत्र नम्बर ३ बाट निर्वाचित परियारले राज्यव्यवस्था समितिको सभापतिको जिम्मेवारीसमेत निर्वाह गरेका थिए । दलित समुदायबाट नेपालमै पहिलो पटक जननिर्वाचित परियार बिपीको प्रजातान्त्रिक समाजवादप्रति प्रतिबद्ध भई पञ्चायती व्यवस्थाविरुद्ध सङ्घर्ष गर्दा कारागारसमेत परेका थिए ।
मानव मानवबीच हुने जातीय विभेद विरुद्धको आन्दोलनका अग्रणी परियारका निधनबाट बाँके जिल्लामा लोकतान्त्रिक आन्दोलनको बलियो खम्बा ढलेको नेता ओलीले बताए । काँग्रेसका पूर्वसभापति एवम् पूर्वप्रधानमन्त्री सुशील कोइरालाको निकट रहेर काम गरेका परियारलाई इमान्दार नेताका रुपमा लिने गरिन्थ्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाका उम्मेदवार लिम्बूद्वारा मतदान
-
इलाम–२ उपनिर्वाचनको लागि मतदान सुरु
-
सबैभन्दा प्रदूषित सहरमा काठमाडौँ यथावत्
-
४२ छक्का, ५२३ रन : कोलकाता भर्सेस पञ्जाबमा कस्ता–कस्ता कीर्तिमान बने ?
-
अर्जुनराज खनिया एनआईसी एशिया बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतमा बढुवा
-
इजरायली हमलामा मारिएकी महिलाको गर्भबाट निकालिएकी बालिकाको पनि मृत्यु