गृहमन्त्रीसहित ३ सुरक्षा निकायका प्रमुखले राष्ट्रपतिलाई भेटे
शुक्रबार, ०४ असार २०७८, १७ : ४१
गृहमन्त्री खगराज अधिकारी र तीनवटा सुरक्षा निकायका प्रमुखले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेका छन् । राष्ट्रपतिले बोलाएपछि गृहमन्त्री, प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरी प्रमुख शैलेन्द्र खनाल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारी शीतल निवास गएका हुन् ।
राष्ट्रपति भण्डारीले पछिल्लो केही दिनयता भएको वर्षाका कारण भएको क्षति र जोखिम न्युनीकरणका लागी भएको प्रयासबारे सुरक्षा प्रमुखहरुबाट जानकारी लिएको बताइएको छ । विपद् न्युनीकरणका लागी भएको प्रयासबारे जानकारी गराएर गृहमन्त्री सहितका सुरक्षा अधिकारी फर्केका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा