केन्द्रीय संस्करण

कथा : नारीको व्यथा

person explore access_timeअसार ४, २०७८ chat_bubble_outline0

भावना कूलघरानाका छोरी हुन् । भर्खरै १२ को परीक्षा सकेर घरमा छिन् । उनको जवानी दिन प्रतिदिन फुल्दै जान थाल्यो ।  कति लजालु स्वभावकी ! पढ्नमा पनि तेज, घरधन्दामा त्यत्तिकै  सिपालु । लगनशील भन्दै आफन्तहरुले भावनाको निकै तारिफ गर्न थाले ।

एक दिन नजिकैको आफन्ती पर्ने फूपुले भावनालाई आफ्नो मान्छेसँग बिहे गरिदिन पाए हुन्थ्यो, साह्रै लक्षिनकी छे भन्दै हात माग्न आइपुगिन् । उनले भावनाका बुबासँग भावनाको बिहेको कुरा राखिन् ।

बुबाले भने, खै अहिले त बिहेको विषयमा केही सोचेको छैन, भर्खर १६ बर्ष पुगेर १७ लागेकी छ । पढ्न पनि निकै राम्री छ । सरकारी जागिर खाएर हजुरहरुलाई खुशी दिन्छु भन्छे, घरमा उसकी आमा बिरामी छिन् । सारा घरको काम पनि उसैले सक्छे । बिहे गरिदिए त मेरो हात नै भाँचिन्छ । उसको भाइ पनि सानै छ । विहेबारी त केही नसौचौं । २० बर्ष नपुगी बिहे गरिदिँदा बालविवाहको केश लाग्छ ।

आफन्तीले भनिन्, क्या दाजु पनि, छोरीको जात, अर्काको घर नगइकन सुखै छैन क्यारे । भनेजस्तो हात पाइएको छ । हाम्रै गाउँका  पल्लाघरे माइलाबाका कान्छा छोरा रविन भर्खरै दुबई बसेर मनग्य पैसा कमाएर आएका छन् । प्रशस्तै सम्पत्ति पनि छ । खान लगाउनका लागि केही चिन्ता छैन । तराईमा घर, खेतपाती पनि छ । रानी बनाएर राख्छन् । आएको भाग्य छोड्नुहुन्न है दाजु  ।

भावनाकी आमा भित्रबाट कुरा सुनिरहेकी थिइन् । उनले भनिन्, नानीले भनेको ठिकै त हो नि, केटा भनेजस्तो रहेछ, बिहेपछि पनि पढाउँलान् नि नानीलाई । सुखसँग राखे भने भइहाल्यो नि । छोरीलाई एकदिन पठाउनैपर्छ ।

एकछिन मौनता छायो ।

भावना भित्रबाट चिया लिएर आइन् ।

भावनाले कुरो सुनिरहेकी थिइन् । मेरो पढाइ सकेर जागिर खाई हजुरहरुलाई सुख दिने मेरो सपनालाई नमारिदिनुहोस् । म त मरिगए पनि बिहे गर्दिनँ भन्दै भित्र पसिन् ।

आफन्ती फुपू त्यत्तिकैमा फर्किइन् ।

भावना  राम्रोसँग पढ्दै गइन् । राम्रो नम्बर ल्याएर बीए पास गरिन् । पाठेघरको क्यान्सरले उनकी आमाको मृत्यु भयो । बुबाको दुःख, भाइको पढाइ, घरको दुःख, त्यसपछि उनले पढाइलाई थप निरन्तरता दिन सकिनन् ।

लोकसेवाको तयारी, घरधन्दा, भाइको हेरचाह गर्दै दिन बिताउन थालिन् । यसै क्रममा एकदिन पहिलेकै फुपू पुनः भावनाको बिहेको कुरा लिएर आइन् ।

यसपालि भावनाको मौन स्वीकृतिमा बाबाले बिहेको कुरा पक्का गरे । केटा पहिले कुरा गरेको नै थियो ।

मन भारी गराउँदै रीतिरिवाज अनुसार भावनालाई बिहे गरिदिए । भावना माइतीघरबाट बुबा र भाइलाई छाडेर रुँदै विदा भइन् ।

केही समय घरपरिवारमा राम्रै भयो । लोकसेवा उत्तीर्ण गर्न सकिनन् । पढाइ बीचैमा रोकियो । दिन–प्रतिदिन दुःखका दिन शुरु भए । श्रीमानले विदेशबाट कमाएर ल्याएको पैसा पनि सकियो । राजनीतिक अस्थिरता, विपद् संकट, गरीबी, बेरोजगारीले गर्दा घरायसी धन्दा र खेतीपाती भए पनि चल सम्पत्तिको सधैँ दुःख भयो ।

भावनाका श्रीमानले पुन दुबई जाने निधो गरे । त्यसै गाउँका जमिन्दार विरुले श्रीमतीसँगको यौनको भोक मेट्न नपाएको कारण भावनाको रुप र जवानीमा आँखा लगाइरहेको थियो । उसलाई के खोज्छस्.... आँखा भने झैँ भयो  । र, भावनाका श्रीमानलाई चाहिने जति रकम ऋण दिएर विदेश पठाए ।

भारी मन गरेर भावनाले आँखाभरी आँशु पारेर श्रीमानलाई  बिदाइको हात हल्लाइन् ।

विरु भावनाको जवानीमा रयाल् छोडिरहन्थ्यो । एकदिन आफ्नै श्रीमतीसँग उसले पीडा पोख्यो । तिमी रोगी, तिमीसँग शारीरिक सम्पर्क गर्न पाउँदिन । मेरो शारीरिक आवश्यकता कसरी पूरा गर्ने ? लाग्छ, म त कुनै भट्टी र यौन ब्यवसायीकोमा पुगेर यौन तृष्णा पूरा गरुँ ।

श्रीमतीमा कुनै जवाफ थिएन । विरुले थप्यो– मलाई भावना सारै लजालु, मयालु, इमान्दार र सोझी लाग्छ । कुलघरानाकी छोरी, विचरा बिहे भएर पनि श्रीमानसँग बस्न पाएकी छैन । उसका पनि कति चाहाना र इच्छाहरू त्यसै–त्यसै मर्छन् होला । उसको चाहना र मेरो चाहना मिलाएमा उसलाई पनि र हामीलाई पनि राम्रो हुने थियो ।

भावना र वीरुकी श्रीमतीबीच मेलमिलाप थियो । एउटै आमाले नजन्माए पनि दिदी, बहिनीजस्तै थिए । वल्लो–पल्लो घर थियो । एक अर्कालाई दुःखहरु साटासाट गर्दथे ।

श्रीमानको अनुहारमा खुशी भर्न आफूले नसकेता पनि खुशीको खोजीमा केही दिनपछि हिम्मत गरी उनी भावनाको घरमा पुगिन् ।

बीरुकी श्रीमतीले भावनालाई भनिन्, ‘तिमीलाई परेको दुःखमा साथ दिन्छु, मेरो श्रीमानको खुशी भर । तिम्रो जवानीको पनि तिर्खा मेट । तिमीलाई सारै दुःख छ । श्रीमानले पनि पैसा पठाएका छैनन् । फोन, खबर केही छैन । चाहिने पैसा खर्चको जोहो गरिदिन्छु, बहिनी अन्यथा नसोच, म मुटु भारी पारेर श्रीमानको खुशीका लागि भीख माग्छु । मैले एक छोरा जन्माएर पाठेघरको क्यान्सर भई १० बर्ष अगाडि नै पाठेघर फालेकी हुँ । मैले श्रीमानको यौनको भोक मेट्न सकिनँ ।

वीरुकी श्रीमतीले आँखाबाट बलिन्द्र धारा बगाइन् । एकछिन सन्नाटा छायो  ।

एकछिन मौन रहेकी भावनाले बर्षौंदेखिको श्रीमानसँगको बिछोड, गरीवीको चपेटा, बुबाको पीडा, भाइको पढाइ, घरको दु.ख, यौनको भोकलगायत सबै एक–एक गरी सम्झिइन् । र, उनले मौन स्वीकृती दिइन् ।

सल्लाहमै गुपचुप रुपमा वीरु र भावनाबीच शारीरिक, आर्थिक र भावनात्मक आवश्यकता पूरा हुँदै जान थाले ।

१५ वर्षपछि भावनाका श्रीमान गैरकानूनीरुपमा दुबईमा लामो जेल बसाइबाट मुक्त भएर घरमा आए । उनले विरुको क्रण तिर्न सकेनन् ।

विरुले केही छैन भाइ, चिन्ता नगर । फेरि अर्को देशमा गएर क्रृण तिरौला भने ।

विरुले फेरि क्रण लिएर वैधानिक रुपमा कोरिया जाने निधो गरे । भावना दुईजीउकी छ, राम्रो रेखदेख गरिदिनु है भन्दै विरुलाई अभिभावक ठानेर उनी कोरियातिर लागे ।

केही  समयपछि भावनाले एक छोरीलाई जन्म दिइन् । अहिले छोरी र भावना घरमै छन् । श्रीमान कोरियामा छन् । नारीहरूको कथाभित्रको कथामा बाँचिरहेकी छन् भावना ।

 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.