शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

अपर इङ्गवा जलविद्युत आयोजनामा बैंक अफ काठमाण्डूको एकल लगानी, अनुमानित खर्च १ अर्ब ९५ करोड

शुक्रबार, ०४ असार २०७८, १६ : २९
शुक्रबार, ०४ असार २०७८

काठमाडौं । बैंक अफ काठमाण्डू र इङ्गवा जलविद्युत लिमिटेड बीच अपर इङ्गवा जलविद्युत आयोजनामा कर्जा प्रवाह गर्ने सम्बन्धि सम्झौतामा हस्ताक्षर भएको छ ।

९.७ मेगावाट उत्पादन क्षमता रहेका अपर इङ्गवा जलविद्युत आयोजनाको अनुमानित खर्च १ अर्ब ९५ करोड रहेको छ । इङ्गवा जलविद्युत लिमिटेडले ताप्लेजुङ र पाँचथर जिल्लाको याङबाराक र सिदिङबा गाऊँपालिकामा उक्त जलविद्युत आयोजनाको निर्माण कार्य गरीरहेको छ । उक्त आयोजनामा बैंक अफ काठमाण्डू लिमिटेडको एकल लगानी रहने छ ।   

आयोजनामा कुल लागतको ७५% बैंक कर्जा वापतको लगानी रहनेछ भने बाँकी २५% इङ्गवा जलविद्युत लिमिटेडको लगानी रहनेछ । आयोजना पुरा भएपछि उत्पादित विद्युत अमरपुर सवस्टेसनमा जोडिनेछ ।

सब स्टेसनसम्मको आवश्यक १६ किलोमिटर लामो ३३ केभी प्रसारण लाइन कम्पनी आफैले निर्माण गर्नेछ । साथै यस कर्जा लगानी पश्चात् यस जलविद्युत आयोजना निर्माणमा सहयोग पुग्ने र समयसिमामा नै आयोजनाको निर्माण कार्य सम्पन्न हुने बैंकले विश्वास लिएको जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप