बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

वाग्मती सरकारद्वारा स्वास्थ्य सामग्री हस्तान्तरण

शुक्रबार, ०४ असार २०७८, १६ : १४
शुक्रबार, ०४ असार २०७८

वाग्मती प्रदेशको सामाजिक विकास मन्त्रालयले यहाँको स्वास्थ्य कार्यालयलाई ३० प्रकारका औषधिसहितका स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । प्रदेशका राजनीतिक सल्लाहकार जगन्नाथ  थपलियाले ती सामग्री स्वास्थ्य कार्यालय प्रमुख दीपक तिवारीलाई आज हस्तान्तरण गरेका हुन् ।

सो अवसरमा थपलियाले कोरोना सङ्क्रमणको समयमा जिल्लामा आवश्यक परेमा थप स्वास्थ्य सामग्री उपलब्ध गराउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताए । उनले भने, “आम नागरिकलाई सङ्क्रमणबाट बचाउन आवश्यक सहयोगका लागि प्रदेश सरकार तयार छ ।”

जिल्लामा सङ्क्रमणको उपचारमा सबैले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको उनको भनाइ थियो । तिवारीले प्राप्त सामग्री पालिकाहरुमा पठाइने जानकारी दिए । कार्यालयमा भएका समस्याबारे समेत उनले थपलियालाई जानकारी गराएका थिए ।

कार्यक्रममा प्रदेशसभा सदस्य विजय सुवेदी र कृष्ण भुर्तेल पनि सहभागी रहेका थिए । प्रदेशले स्वास्थ्य कार्यालयलाई गाउन, सर्जिकल मास्क, ग्लोब्स, एन ९५ मास्क, सुरक्षित चस्मा, फेससिल्ड, डेथबडी ब्याग, जुत्ताको कभर, स्यानिटाइजर, अक्सिजन कन्सन्ट्रेटरलगायत विभिन्न रोगका औषधि पठाएको हो । जिल्लामा एउटा महानगरपालिका, एक गाउँपालिका र पाँच नगरपालिका रहेका छन् । तिनीहरुमा रहेका जनसङ्ख्याका आधारमा यी सामग्री पठाइनेछ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप