बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

नेपालमा रेडमी नोट १० एस सार्वजनिक, शाओमी नोट १० सिरिजको पोर्टफोलियो विस्तार

शुक्रबार, ०४ असार २०७८, १६ : १२
शुक्रबार, ०४ असार २०७८

काठमाडौं ।  शाओमीले नेपालमा रेडमी नोट १० एस सार्वजनिक गरेको छ । रेडमी नोट १० एस एक स्लिक डिजाइन, स्टनिङ क्यामेरा, स्याभेज पर्फमेन्स र स्मुथ डिस्प्लेको साथ बजारमा आएको कम्पनीले जनाएको छ । यो पहिलो उपकरण हुनेछ जुन अहिलेसम्मको क्लिनेस्ट मीयुआई एक्सपेरियन्स आउट–अफ–द–बक्सको मीयुआई १२.५(अन्तरिम) को साथमा उपलब्ध हुनेछ ।

शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले रेडमी नोट १० प्रोले उपभोक्ताहरूबाट अभूतपूर्व प्रतिव्रिmया प्राप्त गरिरहेको दावी गरे । रेड नोट १० एसले स्याभेज पर्फमेन्स र स्टनिङ क्यामेराको प्रस्तुती दिने उनले बताए । शक्तिशाली मिडिया टेक हेलियो जी ९५, ६४ एमपीको क्यामेरा सेटअप र राम्रो इमेज प्रोसेसिङको लागि न्यूनतम ६ जीबीको ¥यामको साथ प्रयोगकर्ताहरुलाई खेलहरु खेल्न र फोटोग्राफीका लागि उत्कृष्ठ भएको कठारीले बताए । 

रेडमी नोट १० एस
रेडमी नोट १० एस क्वाड क्यामेरा सेटअपको साथ आउँछ जसमा ६४ एमपीको प्राइमरी क्यामेरा, ८ एमपीको अल्ट्रा–वाइड लेन्स, २ एक्स क्षमताको साथ २ एमपीको म्याव्रmो क्यामेरा र २ एमपीको डेप्थ सेन्सरको फिचर रहेको छ । ११८ डिग्रीको फिल्ड अफ भ्यूको साथ रेडमी नोट १० एसले प्रयोगकर्ताहरूलाई ग्रुप फोटोहरु र ल्यान्डस्केप शट्सहरु सजिलै कब्जा गर्न मद्दत गर्दछ । 
भाइब्रेन्ट सुपर एमोलेड डिस्प्ले

आफ्नो सिबलिंग्स जस्तै, रेडमी नोट १० मा १६.३३ सेन्टिमिटर(६.४३) फूल एचडी+ सुपर एमोलेड डिस्प्ले इमर्सिभ कन्टेन्ट भ्युइन्ग एक्सपेरियन्सको लागि रहेको छ । यो ११०० निट्सको ब्राइटनेस र ३६० डिग्रीको एम्बियन्ट लाइट सेन्सरको साथमा आउँछ जसले एम्बियन्ट लाइटलाई आरामदायी भ्युइन्ग एक्सपेरियन्सको लागि अधिक सटीक ढंगले डिकेक्ट गर्दछ र स्व्रिmनको ब्राइटनेसलाई एड्जस्ट गर्न मद्दत गर्दछ ।  

पर्फमेन्स
रेडमी नोट १० एस मिडियाटेक हेलियोस जी९५ को चिपसेटद्वारा संचालित छ जुन अल्टिमेट गेमिङ एक्सपेरियन्सको लागि डिजाइन गरिएको हो । यसको सीपीयुमा एआरएम कर्टेक्स ए ५५ र ए ७६ गरेको छ जुन २.०५ गिगाहट्र्जसम्म कल्कड अप हुन्छ र जीपीयु एआरएम माली जी ७६रहेको छ जुन ९०० मेगाहट्र्जसम्म कल्कड अप हुन्छ । 

६ जीबीको एलपीडीडीआर ४एक्सको ¥यामको साथ रेडमी नोट १० एसले मल्टि टास्किङ र उपकरणको समग्र स्मुथनेसलाई बढाउन मद्दत गर्दछ । 

इभोल डिजाइन
रेडमी नोट १० एसले न्यू इभोल डिजाइनलाई एक रिफाइन्ड लुक र प्रिमियम फिल प्रदान गर्दछ । न्यू आर्च–फिंगरप्रिन्ट सेन्सर उपकरणको छेउमा उपलब्ध छ । 

ठूलो ब्याट्री
रेडमी नोट १० एसमा ५००० एमएएचको ब्याट्री र ३३ वाटको फास्ट चार्जर इन–द–बक्स छ । यसले करिब ७८ मिनेटमा ०–१०० प्रतिशत चार्ज गर्न र ३० मिनेटमा उपकरणलाई ५४ प्रतिशत सम्म चार्ज हुन मद्दत गर्ने कम्पनीको दावी छ । 

रंगहरु र उपलब्धता
रेडमी नोट १० एस तीनवटा रंगको भेरियन्टमा उपलब्ध हुनेछः डीप सी ब्लु, फ्रोस्ट वाइट र श्याडो ब्ल्याक । रेडमी नोट १० एस अथोराइज्ड मी स्टोर, अनलाइन र रिटेल पार्टनरहरु २० जुन २०२१ बाट उपलब्ध हुने कम्पनीले जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप