मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

गण्डकी प्रदेश : मत विभाजनको प्रक्रिया आरम्भ

प्रदेशको राजनीतिक स्थिरता र प्रदेशसभाको निरन्तरताका लागि विश्वासको मत : मुख्यमन्त्री पोखरेल
शुक्रबार, ०४ असार २०७८, १६ : ०४
शुक्रबार, ०४ असार २०७८

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशको राजनीतिक स्थिरता, प्रदेशसभाको स्थायित्व र निरन्तरताका लागि आफ्नो नेतृत्वको सरकारलाई विश्वासको मत दिन प्रदेशसभा सदस्यहरुसँग आग्रह गरेका छन् ।

मुख्यमन्त्री पोखरेलले प्रदेशसभामा पेस गरेको विश्वासको प्रस्तावमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै प्रदेशसभा सदस्यहरु पाँच वर्षसम्म प्रदेशसभामै रहेर सेवा गरुन् भनेर जनताले पठाएको र जनताको त्यो भावनाको सम्मानका लागि पनि प्रदेशसभाले स्थायित्व पाउनुपर्ने बताए ।

आफू नेतृत्वको सरकार प्रदेशसभाको स्थायित्वको पक्षमा गठन भएको भन्दै उनले सरकारलाई विश्वासको मत दिन आग्रह गरे ।

उनले प्रमुख प्रतिपक्षी दलका नेता पृथ्वी सुब्बा गुरुङले आफूप्रति दर्शाएको सम्मान र व्यक्तिगत तथा पारिवारिक पृष्ठभूमिका बारेमा गरेको प्रशंसाप्रति धन्यवादसमेत व्यक्त गरे । उनले पूर्व मुख्यमन्त्रीका रुपमा आफ्नो अनुभव सुनाएकोमा पनि गुरुङलाई धन्यवाद दिँदै आगामी दिनमा ती अनुभवलाई मनन् गर्दै आफू अघि बढ्ने प्रतिवद्धता जनाए ।

मुख्यमन्त्री पोखरेलले छलफलमा उठेका प्रश्नको जवाफ दिएसँगै विश्वासको मतसम्बन्धी प्रस्तावमाथि मत विभाजनको प्रक्रिया आरम्भ भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप