बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

सरकारलाई गुण र दोषको आधारमा समर्थन गछौं : सांसद थापा

शुक्रबार, ०४ असार २०७८, १५ : ४८
शुक्रबार, ०४ असार २०७८

राष्ट्रिय जनमोर्चाकी सचेतक एवं सांसद पियारी थापाले अहिलेको सरकारलाई जनमोर्चाले गुण र दोषको आधारमा समर्थन गर्ने बताएकी छन् । शुक्रबार गण्डकी प्रदेशसभामा कृष्णचन्द्र नेपाली पोखरेलले मुख्यमन्त्रीमा विश्वासको मतका लागि भएको छलफलमा भाग लिँदै सांसद थापाले अहिलेको सरकारलाई मुख्य ४ वटा गहन जिम्मेवारी रहेको बताईन् ।

उनले यस सरकारले प्रदेशका सम्पूर्ण जनतालाई कोभिड खोपको व्यवस्था, बाढी पहिरो पीडितलाई राहत, विस्थापितलाई पुनर्उत्थान, कोरोनाका कारण रोजगारी गुमाएकालाई रोजगार श्रृजना गर्ने र लोकतान्त्रिक पद्धतिलाई कायम गर्ने गरी लागि रहनुपर्ने उनको भनाई छ ।
विकासको नीतिलाई परिवर्तन गर्नुपर्ने बताउँदै सांसद थापाले केन्द्रीकृत मानसिकताबाट गरिएको गतिविधिका कारण सरकारको संयन्त्रलाई चलायमान गराउन नसक्नु दुःखद भएको बताइन ।  उनले व्यवस्था परिवर्तन भए पनि व्यवहारमा परिवर्तन नहुँदा नागरिकले दुख पाएको बताइन् । सांसद थापाले प्रत्येक वडा वडामा राज्यको संयन्त्र भएकाले द्रुत गतिमा सेवा प्रवाहलाई चलायमान बनाउन प्रदेश सरकारलाई सुझाव दिइन ।

सांसद थापाले राष्ट्रिय जनमोर्चाले पछिल्लो समयमा केपी ओली नेतृत्वको सरकारको प्रतिगामी कदमका विरुद्ध गएपछि गण्डकी प्रदेश सरकारलाई दिएको पार्टीको समर्थन फिर्ता लिएरै प्रतिगमन विरुद्धका दललाई समर्थन गरेको जिकिर गरिन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप