शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

एकै देशका दुई टिम भिड्दै, श्रीमान्–श्रीमती डिभोर्सको संघारमा !

शुक्रबार, ०४ असार २०७८, १४ : २८
शुक्रबार, ०४ असार २०७८

आज युरोकपमा संयुक्त राज्य दुई टिम इङ्ल्यान्ड र स्टकल्यान्डबीच लण्डनमा प्रतिस्पर्धा हुँदैछ । यो खेललाई दुबै टिमले ठूलो प्रतिष्ठाको विषय बनाएका छन् । यो खेल अहिले बेलायतको घर–घरमै झगडाको जड बनेको छ । आफु स्कटिस समर्थक रहेको भन्दै एक महिलाले आफ्ना इङ्लिस श्रीमान्सँग डिभोर्सका लागि गुगलमा वकिलको खोजिरहेको जनाएकी छिन् । श्रीमान्–श्रीमतीमात्रै नभएर उनीहरुका छोराछोरी पनि विभाजित छन् । 

जुली म्याकक्याफ्री स्कटल्यान्डको समर्थनमा छिन् भने उनका श्रीमान् माइकल इङ्ल्यान्डको समर्थनमा छन् । रोचक कुरा, म्याकक्याफ्रीको जन्म इङ्ल्यान्डमा भएको थियो । तर उनी चार वर्षको उमेरदेखि स्कटल्यान्डमा बस्दै आएकी छिन् र आफुलाई स्कटिस मान्छिन् । ‘तबेलामा जन्मदैंमा घोडा हुनुपर्छ भन्ने छैन’ उनले आफ्नो राष्ट्रियताबारे भनिन् । ‘युरोको अति रोमाञ्चक खेलको घण्टी बजिरहँदा म र मेरो श्रीमान् गुगलमा डिभोर्स गराउने वकिल खोज्दैछौँ’ उनले भनिन् । 

उनीहरुका तिम्ल्याहा सन्तान छन् । लिले, क्लेरा र इलिसेको जन्म पनि इङ्ग्ल्यान्डमै भएको हो । उनीहरुको हुर्काइ स्कटल्यान्डमा भयो । र, अहिले यीमध्ये क्लेरा र इलिसे आफु हुर्किएको देशको पक्षमा छन् । लिले भने जन्मस्थानमै समर्थनमा छिन् । यसरी एक परिवारमा दुईजना एउटा र तीनजना अर्को टिमका पक्षमा छन् ।  यो उदाहरणमात्रै हो, बेलायतमा यो खेलले घर–घरमा यस्तै तरङ्ग ल्याएको छ । 

इङल्यान्ड, स्कटल्यान्ड, वेल्स र उत्तरी आयरल्यान्ड मिलेर संयुक्त अधिराज्य बेलायत बनेको छ । त्यसमध्ये खेल आयोजना हुन लागेको लण्डनस्थित बेम्बली रंगशाला इङल्यान्डको घरेलु मैदान हो । ओलम्पिकमा बेलायतले ग्रेट ब्रिटेनको नाममा एउटै  टोली उतार्ने गर्छ, तर फुटबल, क्रिकेटलगायत खेलका च्याम्पियनसिपमा फरक–फरक टिमको प्रतिनिधित्व हुन्छ । 

मध्यराती प्रतिस्पर्धा 

नेपाली समयअनुसार मध्यराति १२ः४५ मा यो खेल सुरु हुँदैछ । इङ्ग्ल्यान्डले प्रतियोगिताको सुरुवाती खेलमा क्रोयशियालाई १–० ले हराएको थियो भने चेक गणतन्त्रसँग स्कटल्यान्ड २–० ले पराजित भएको थियो । समूह डिमा राम्रो गोलअन्तरसहित चेक गणतन्त्र पहिलो, इङ्ल्यान्ड दोस्रो, क्रोयशिया तेस्रो र स्कटल्याण्ड चौथो स्थानमा छन् । 

नेपाल समयअनुसार आज साँझ ६ः ४५  मा समूह ईका दुई टोली स्वीडेन र स्लोभाकियाबीच प्रतिस्पर्धा हुँदैछ । पहिलो खेलमा स्विडेनले स्पेनलाई बराबरीमा रोकेको थियो । यता, स्लोभाकियाले पोल्याण्डलाई २-१ ले हराएको थियो । 
नेपाली समयअनुसार आज राती ९ः४५ मा क्रोयशिया र चेक गणतन्त्रबीच समूह डिको खेलमा प्रतिस्पर्धा हुँदैछ । चेक गणतन्त्रले स्कटल्यान्डलाई २–० ले हराएको थियो । क्रोयशिया इङ्ग्ल्यान्डसँग १–० ले पराजित भएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप