शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

गर्भवती नीना गुप्तालाई जब समलिङ्गीसँग विवाह गर्न सुझाव दिइयो, दिएकी थिइन् यस्तो जवाफ

शुक्रबार, ०४ असार २०७८, १३ : ५३
शुक्रबार, ०४ असार २०७८

बलिउड अभिनेत्री नीना गुप्ताको जीवन निकै उतारचढावयुक्त छ । उनले व्यावसायिक र नीजि जीवनमा निकै संघर्ष गर्नुपर्यो । अभिनेत्रीले सफलता पनि ६० वर्षको उमेरमा पाइन् । अब नायिका बलिउड उद्योगको ठूलो नाम बनिसकेकी छिन् र उनले लगातार फिल्मको अफर पाइरहेकी छिन् । निर्माता–निर्देशकले उनलाई विश्वास दिलाउने कोसिस गरिरहेका छन् । अब नीना आफ्नो आत्मवृत्तान्त लेखिरहेकी छिन् । यसमा उनले आफ्नो नीजि र वैवाहिक जीवनको विषयमा थुप्रै खुलासा गरेकी छिन् ।

सबैलाई थाहा छ नीना गुप्ता वेस्टइन्डिज खिलाडी सर विवियन रिचर्डस्सँग सम्बन्धमा थिइन् । यो सम्बन्धबाट उनीहरुका मसाबा नामकी छोरी पनि छिन् । तर छोरी जन्मिएपछि विवियन रिचर्डस्ले नीनासँग विवाह गर्न अस्वीकार गरिदिए । यो समय नीनाका लागि निकै मुश्किल समय थियो । उनले फिल्ममा पनि खासै काम पाइरहेकी थिइनन् । यसबाहेक सुरुमा उनी विवियन रिचर्डस्सँग आफ्नो सम्बन्धका कारण चर्चामा आइन् र पछि ब्रेकअपका कारण । सिंगल ममको रुपमा उनले मसाबालाई हुर्काइन्, बढाइन् ।

नीनाले आफ्नो किताब सच कहूं तोमा बताएअनुसार उनी गर्भवती हुँदा उनले विभिन्न खालका सल्लाह पाउने गर्दथिन् । धेरैले उनलाई दोस्रो विवाह गर्न सुझाउँथे । उनकी एक साथीले उनलाई मुम्बईको बान्द्रामा एक गे बैंकरबारे कुरा गरिन् । नीनालाई उनकी साथीले ती बैंकर पनि समाजको लाञ्छनाबाट पार पाउन चाहेको र नीनाले चाहेको खण्डमा विवाह गर्न सक्ने बताइन् । ती साथीले नीनालाई उनी जीवनमा सेटल हुने लोभ देखाउँदै ती व्यक्तिको पनि काम बन्ने बताइन् । समाजको नजरमा यो विवाह हुने बताएपछि दुबैले आ–आफ्नो जीवन बाँच्न पाउने पनि शर्त राखिन् । तर यसमा नीना बेस्सरी हासिन् र विवादबाट बचका लागि विवाह नगर्ने र यो मुश्किल समयको सामना गर्ने भन्दै जवाफ फर्काइन् ।

 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 

A post shared by Neena Gupta (@neena_gupta)

जब सतिश कौशिकले नीनालाई विवाहको प्रस्ताव राखेका थिएः

नीनाले आफ्नो किताबमा लेखे अनुसार जब उनी गर्भवती थिइन् र मसाबा जन्मिन केही महिना मात्रै बाँकी थियो तब त्यतिबेला फिल्म निर्माता–निर्देशक सतिश कौशिकले पनि उनलाई विवाहका लागि प्रस्ताव राखेका थिए । सतिशले बच्चा आफ्नो भएको बताउने  र कसैलाई कुनै प्रकारको शंका पनि नहुने बताएका थिए ।

दिल्लीका सीएसँग गरिन् विवाहः

स्मरण रहोस्, नीना गुप्ताले दिल्ली बेस्ड चार्टर्ड अकाउन्टेन्ट विवेक मेहरासँग विवाह गरेकी छिन् । उनले सन् २००८ मा विवाह गरेकी हुन् । सन् २०१८ मा बधाई हो फिल्ममा एक उमेरदार गर्भवती महिलाको भूमिका निभाएपछि उनले पहिचान पाइन् । उनले वीरे दि वेडिङ र मुल्कसमेत थुप्रै फिल्ममा अभिनय गरेकी छिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप