बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

गाईघाट बजारमा विषादीयुक्त आँप  बिक्री

शुक्रबार, ०४ असार २०७८, १३ : १९
शुक्रबार, ०४ असार २०७८

जिल्लाको सदरमुकाम गाईघाट बजार क्षेत्रमा अहिले केही व्यापारीले विषादीयुक्त पदार्थ मिसाएर पकाएको विषाक्त आँपहरू बिक्री गरिरहेका  छन् । गाईघाट बजारको मुख्य स्थान तथा चोकहरुमा बिहान निषेधाज्ञा खुलेको समयदेखि ११ बजेसम्म यस्ता विषादीयुक्त पदार्थ मिसाएर पकाएको आँपहरु खुलेआम बिक्री भइरहेको गाईघाटका वासिन्दाले बताएका छन् ।

बिषादीयुक्त पदार्थ मिसाएर पकाएको आँपले उपभोक्ताको स्वास्थ्यमा हानी हुन सक्ने उनीहरुको भनाइ छ । त्रियुगा नगरपालिका—११ गाईघाटका सन्तोषी कार्कीका अनुसार आँप किनेर लगेर खाएपछि पखाला लागेको बताए । यस्ता विषादीयुक्त पदार्थहरु मिसाएर पकाएका आँपहरु अहिले प्रतिकिलो सय रुपैयाँभन्दा माथि महँगो मूल्यमा व्यापारीहरुले बिक्री गर्ने गरेको वडा नं  १० बोक्सेका दुर्गा खड्का बताउँछन् । वडा नं ११  जनप्रेमी टोलका कुमार रोकाका अनुसार अहिले गाईघाट बजारमा बिक्री हुने गरेका आँपहरुमध्ये ५० प्रतिशत भारतबाट ल्याउने गरिएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप