सिरिजङ्गा गाउँपालिकाले एमबीबीएस पढाउने

चिकित्सा शिक्षा आयोगबाट सञ्चालन हुने एमबीबीएस अध्ययन गर्न चाहने गाउँपालिकाभित्रका विद्यार्थीलाई सिरिजङ्घा गाउँपालिकाले निःशुल्क पढाउने घोषणा गरेको छ । बिहीबार गाउँपालिको नवौँ गाउँ सभामार्फत एमबिबिएस पढाउने घोषणा गरेको हो ।
वर्षमा एमबीबीएस अध्ययनका लागि प्रवेश परीक्षा उत्तीर्ण गर्ने एक विद्यार्थीलाई गाउँपालिकाको खर्चमा निःशुल्क पढाउने गाउँपालिकाले जनाएको छ । विद्यार्थीले पढाइ सकेपछि अनिवार्य दुई वर्ष गाउँपालिकाभित्र स्वास्थ्य कार्यालयमा सेवा गुर्न पर्ने गाउँपालिकाले जनाएको छ । ‘निःशुल्क शिक्षा हामी सबैको इच्छा’ नारा अन्तर्गत कक्षा ११ र १२ अध्ययन गर्ने पालिकाभरिका सम्पूर्ण विद्यार्थीलाई निःशुल्क अध्ययनको व्यवस्था, प्रत्येक वडाका एक–एक जना सर्वोत्कृष्ट विद्यार्थीलाई प्राविधिक शिक्षा निःशुल्क अध्ययनको व्यवस्था र पालिकाभरिका ४१ वटै विद्यालयका विद्यार्थीको पोसाकमा एकरुपता कायम गर्ने नीति गाउँपालिकाले लिएको छ ।
गाउँपालिकाले एसइईअघि कम्तीमा दुई महिना निःशुल्क कोचिङ कक्षा चलाउने भएको छ भने उपाध्यक्ष छात्रवृत्ति कार्यक्रमअन्तर्गत दलित, महिला र अपाङ्गता परिचयपत्र प्राप्त विद्यार्थीको भर्ना शुल्क, मासिक शुल्क, रजिष्ट्रेशन शुल्क र परीक्षा शुल्क वापतको रकम गाउँपालिकाले व्यहोर्ने भएको छ । यस्तै प्रत्येक वर्षको एसइई परीक्षामा पालिकाभित्रबाट सर्वोत्कृष्ट नतिजा ल्याउने एक छात्र र एक छात्रालाई एक–एक थान ब्रान्डेड ल्यापटपसहित सम्मान गरिने भएको छ ।
यस्तै कक्षा ८ को वार्षिक परीक्षामा सर्वोत्कृष्ट नतीजा ल्याउने एक छात्र र एक छात्रालाई नगद रकमसहित पुरस्कृत गर्ने घोषणा गाउँपालिकाले गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : हाकिमको विषयलाई लिएर बालेन-सुनिता टकरावदेखि दल विभाजनसम्बन्धी विधेयक ल्याउने सरकारको तयारीसम्म
-
सर्लाहीका दुई निजी अस्पतालमा अनुगमन, दुवै अवैध
-
महाशिवरात्रिमा पशुपति क्षेत्रमा जम्मा भएको फोहर सफाइ गरियो
-
कटारी गोल्डकपको उपाधि च्याम्पियन ब्वाइज काठमाडौँले जित्यो
-
नेमकिपाको महाधिवेशन : बिजुक्छेंको राजनीतिक प्रशिक्षण, १९ गते नयाँ नेतृत्व चयन
-
काठमाडौँमा चिनियाँ राष्ट्रपति सीले अघि सारेका विचारबारे छलफल