शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

छुट्टाछुट्टै खोलामा दुई युवकको शव फेला

शुक्रबार, ०४ असार २०७८, १२ : २१
शुक्रबार, ०४ असार २०७८

पाल्पा र अर्घाखाँचीका छुट्टाछुट्टै खोलामा दुई युवकको शव आज विहान फेला परेको छ । पाल्पाको तिनाउँ खोला र अर्घाखाँचीको शितगंगा ८ सिलिङ्खोलामा  गरी दुई युवकको शव फेला परेको प्रहरीले जनाएको छ ।

पाल्पा जिल्लाको तिनाउँ गा.पा. वार्ड नम्बर २ पावर हाउस नजिकै तिनाउँ खोलामा आज विहान  अन्दाजी ३० को पुरुष व्यक्ति मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । शव पोष्ट अस्पताल लगिएको छ ।

यस्तै, खोलाले बगाएर ल्याएको अवस्थामा अर्घाखाँचीको शितगंगा ८ सिलिङ्खोलामा एक पुरूषको शव फेला परेको छ । अन्दाजी २५/२६ बर्ष उमेरको देखिने पुरुषलाई खोलाले बगाएर ल्याउदै गरेको अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । 

प्रहरी र स्थानीयले शवलाई खोलाबाट बाहिर निकालेका थिए । घटना सम्बन्धि थप अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप